म्यानमार आक्रमणमा ३० भन्दा बढीको मृत्यु, सेभ द चिल्ड्रेनका कर्मचारी बेपत्ता

इनेप्लिज २०७८ पुष ११ गते १३:११ मा प्रकाशित

म्यानमार आक्रमणमा ३० भन्दा बढीको मृत्यु भएको छ भने सेभ द चिल्ड्रेनका कर्मचारी बेपत्ता भएको विवरण प्रस्तुत गरिएको छ भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

म्यानमारको पूर्वी राज्य कायामा गत शुक्रबार महिला र बालबालिका सहित कम्तीमा ३० जनाको मृत्यु भएको कारेन्नी मानवअधिकार समूहले जनाएको छ ।साथै अन्तर्राष्ट्रिय मानवीय समूह सेभ द चिल्ड्रेनका दुई सदस्य अझै बेपत्ता छन भनि उल्लेख गरेको छ ।

“जलेको अवशेषहरू” डिसेम्बर २५ मा कारेन्नी उपनगर नजिकै पत्ता लगाइयो र पहिचान गरिएको थियो भनि समूहले जनाएका छन ।

म्यानमारको राष्ट्रिय एकता सरकार (एनयूजी) ले यसलाई “करेन्नी राज्यमा क्रिसमस नरसंहार” भनी बताएको छ, जन्टा सेनाले “अपुष्ट संख्यामा [गाउँले] र यात्रुहरूलाई हिरासतमा लिए र तिनीहरूको सम्पत्ति नष्ट गर्यो।”

“विश्वले क्रिसमस र यसको शान्तिको सन्देश मनाउँदै गर्दा,एनयुजीले म्यानमारका जनता विरुद्ध सैन्य जन्टाको बढ्दो युद्ध अपराध र मानवता विरुद्धको अपराधको अन्त्य गर्न तुरुन्त र निर्णायक रूपमा कार्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो माग दोहोर्याउँछ,” एनयुजीले आफ्नो विज्ञप्तिमा भनेको छ।

फेब्रुअरी १ ​​मा देशको सत्ता कब्जा गर्ने म्यानमार सेनाले गाउँमा विपक्षी सशस्त्र सेनाका “हतियारसहितका आतंककारी” लाई गोली हानेर मारेको राज्यका संचार माध्यमहरुले जनाएका छन । मानिसहरू सातवटा गाडीमा थिए र सेनाको लागि उनीहरुले रोकेनन भनि सिएनएनको समाचारमा उल्लेख गरिएको छ ।

टिप्पणीको लागि सीएनएनको अनुरोधलाई सेनाले कुनै प्रतिक्रिया दिएको छैन भनि समाचारमा लेखेको छ ।

प्रतिक्रिया