एसएसपी यादवले देहत्याग गर्नु अघी श्रीमतीले लेखेकी रहेछिन यस्तो मन छुने स्टाटस (भिडियो सहित)

इनेप्लिज २०७८ पुष ११ गते १२:४९ मा प्रकाशित

संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यां’ग’गि’ङ्ग’(झु न्डी देहत्याग) ले भएको छ।शुक्रबार राति नै स्थानीय भीम अस्पतालमा गरिएको शवको पोस्टमार्टम अनुसार उनको मृत्यु ‘ह्यां’ग’गि’ङ्ग’ले भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी नवरत्न पौडेलले जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फरेन्सिक विज्ञ डा.आहना श्रेष्ठले शवको पोस्टमार्टम गरेकी थिइन्।पोस्टमार्टमपश्चात शनिबार बिहान मृतक यादवका वुवा शिवप्रसाद यादवले उनको शव बुझेका छन्।शवको दाहसंस्कारका लागि गृहजिल्ला नवलपरासीमा लगिएको बताइएको छ।

शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झु न्डि’एको अवस्थामा फेला परेको थियो। श्रीमती नआएसम्म शव फेला परेको क्वाटरलाई सि’ल गरिएको थियो।श्रीमती पुगेपछि झु‘न्डि’एको अवस्थामा रहेको शवलाई झा’रेर मुचुल्काको तयारी भइरहेको प्रहरी स्रोतले बतायो।

यादवले हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को खुला प्रतिष्पर्धामा नाम निकालेका थिए।क्षेत्री लगायतले वैशाखमा नियुक्ति पाए, यादवसहित ४० जना वैकल्पिकमा परे र चैतमा नियुक्ति पाए।

एक ब्याचमेटका अनुसार उनी इमान्दार र शालिन अधिकृत थिए।पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमकुमार कार्की पनि उनलाई सामान्य जीवनशैली, अनुशासित र मिलनसार अधिकृतको रुपमा सम्झन्छन् । जागीर अवधिभर विवादमा पनि आएनन्।

डीआईजीमा बढुवा हुन नसकेपछि अर्को एसएसपीबाटै अर्को महिना घर जाँदै थिए।नेपाल प्रहरीमा एसएसपीका लागि ५५ वर्षे उमेरहदको व्यवस्था छ,जसका कारण उनले आगामी माघ १५ गते अवकाश पाउँदै थिए।यदि उनको डीआईजीमा बढुवा भएको भए विश्वराज पोखरेल र सहकुलबहादुर थापाहरुसँगै थप एक वर्ष प्रहरी संगठनमा काम गर्न पाउने थिए।प्रहरी प्रधान कार्यालय,नक्सालका एक अधिकृत भन्छन्,‘साथीहरु आईजीपी हुन लाग्दा आफू एसएसपीमै रहेकामा निराश देखिन्थे।’

संगठनभित्र उनी हेपिएका जस्ता लाग्थे।‘ब्याचमेटहरुले सधैं बढुवा हुने वेलामा उनको अगाडि नम्बरमा बढुवा हुन्छ भनिरहे,तर उनी चाहिँ कहिल्यै बढुवामा अटाएनन्’ उनी भन्छन्,‘त्यसले पनि उनलाई जागिर असहज बनिरहेको थियो।’

शुक्रबार बिहान ९ बजेतिर यादव पत्नी रुपमकुमारीले स्ट्याटस लेखेकी थिइन्,‘यो कलियुग भएपनि अझै जीत सत्यकै हुन्छ।’ यादव पारिवारिक झमेलामा पनि फसेको र उनलाई नै साथ पुग्ने गरी श्रीमतीले स्ट्याटस लेखेको हुनसक्ने प्रहरी अधिकृतहरको अनुमान छ।‘यो विस्तारै अनुसन्धानबाट खुल्दै जाने विषय हो’ एक अभिधकृत भन्छन्।

यादवको व्यवहार केही अघिबाटै फेरिँदै गएको उनीसँगै कार्यरत अधिकृतहरु बताउँछन्।एक अधिकृतको भनाइमा एसएसपी यादव केही दिनअघि बे’होस भएका थिए।अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले डि’प्रेस’नको औ’ष’धि दिएका थिए।

https://www.youtube.com/watch?v=q_AGcAHjomA

प्रतिक्रिया