आइतबार, माघ ९ २०७८
काठमाडौं १३:५९
वासिङटन डिसी 03:14

अमेरिकाका नेपालीहरुले क्रिसमस यसरी मनाए(बिशेष तस्बिरहरु सहित )

विजय थापा २०७८ पुष ११ गते १:२४ मा प्रकाशित

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले क्रिसमस अर्थात् इसाई पर्व मनोरंजन र हर्सौल्लास साथ मनाएका छन । यस पटक पनि डेल्टा तथा ओमीक्रोन प्रजातिको कोरोना भाइरसको केही प्रभाव परेता पनि अलिक पृथक रुपमा पर्वलाई स्वागत गर्दै मनाए ।

अमेरिकामा समयको फरक हुने हुनाले दिनभरी नै केही न केही गतिविधि गर्दै मनाएका छन् । नेपालीहरु पनि धेरै इशाई धर्म अपनाएका हुनाले क्रिसमसको पूर्व सन्ध्या देखि नै हिन्दु लगायतले पनि आफन्त बोलाउने ,साथीभाईहरुलाई उपहार दिने र कोसेली आदान प्रदान गरेका छन् ।

यस पटक पनि अमेरिकामा फेरी कोरोना संक्रमण वृद्धि हुन् थालेकोले साथीभाई,छरछिमेक र अलिक टाडाका नातेदार ,आफन्त ,इष्टमित्र भन्दा पनि सीमित परिवारहरु भेला भै क्रिसमस मनाएका छन् ।

जस्तो देश उस्तै भेष भने झैँ अमेरिकामा मनाइने थ्यांक्स गिभिंग (धन्यवाद दिवस),ह्यालोविन पर्व लगायत पनि नेपालीहरुले उत्तिकै हर्सौल्लास र मनोरन्जनपूर्वक मनाउने गर्दछन । किनभने अमेरिकामा दोश्रो पुस्ताको लागि पनि उनीहरुको लागि सिकाउनु पर्ने र मनाउनु पर्न हुन्छ । उनीहरुका सबै बिदेशी साथीभाई तथा बिद्यालयमै उनीहरुलाई यस कुराको ज्ञान दिईने र उनीहरुले जानेका पनि हुन्छन ।

यसको साथै दोश्रो पुस्ताले नेपाली चाडपर्व परम्पराहरु पनि त्यतिकै उत्साह र उमंग संग मनाउने गरि रहेका छन् । दोश्रो पुस्ताको लागि सबै व्यवस्था गर्ने क्रममा पहिलो पुस्ताले पनि अमेरिकामा मनाइने चाडपर्व मनाउने प्रचलन बढेको छ ।

साथै अमेरिका रहेका इसाई धर्म अंगाल्ने नेपाली समुदायले डिसेम्बर २५ का दिन जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका छन् । नेपालीहरुको आफ्नै गिर्जाघर समेत रहेको र गिर्जाघरमा गएर विभिन्न कार्यक्रमहरु गरेका छन् ।

अमेरिका रहेका सबै उमेरका नेपाली समुदायले राता लुगा टोपी क्रिसमस रुख ,घर भित्र सजावट,घर बाहिर झिलिमिली गर्दै यस बर्ष अर्थात् २०२१ को क्रिसमसलाई बिदा गरेका छन् ।

साथै नेपाली समुदायले क्रिसमसका दिन विभिन्न परिकारका खानेकुरा बनाई परिवारसाथ बस्दै गरेका तस्बिर,बिभिन्न उपहार ,श्रब्य दृश्य (भिडियो) र टिकटक समेत सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा इसाई धर्म मान्ने राष्ट्रले सार्वजनिक विदा दिइन्छ। यस पटक क्रिसमस शनिबार परेकोले अमेरिकामा बिदा परेको चाड छुट्टिको दिन परेमा अघिल्लो दिन नै दिने हुनाले शुक्रबार देखि नै नेपालीहरुलाई क्रिसमस लागेको छ ।

जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर पश्चिमी इशाई गिर्जाघर (क्रिस्चियन चर्च)ले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ।

अमेरिकामा क्रिसमसको लागी लाखौ लाख मानिसहरुले यात्रा गरेका छन् । साथै क्रिसमसको दिन दिईने उपहार रंगीबिरंगी झोलामा राखी आदान प्रदान समेत गरेका छन् ।

जीसस क्राइस्ट एक महान व्यक्ति थिए र उनीले समाजलाई माया र मानवियताको शिक्षा दिए । उनले दुनियाको मानिसहरुलाई प्रेम र भाईचाराको साथ रहनलाई सन्देश दिएका थिए ।

क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् । कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्दछन् ।

प्रतिक्रिया