२५ डिसेम्वर, वाशिंटन डिसी । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासको सातौं अन्तरराष्टिय सम्मेलन भर्चुअल माध्यमवाट डिसेम्वर २६ र २७ का दिनसम्पन्न हुने भएको छ ।
सम्मेलनको समुद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले गर्नेछन् । पहिलो दिन २ आमन्त्रित वक्ताहरू प्रा. डा. जीवलाल सापकोटा र साहित्यकार गोविन्द गिरी प्रेरणा रहनेछन् । प्रा. डा. जीवलाल सापकोटाले “पूर्वीय र पाश्चात्य कवितामा छन्दपरम्परा, समानता र भिन्नता” शिर्षकमा तथा साहित्यकार गोविन्द गिरी प्रेरणाले “नेपाली साहित्यको विश्वयात्रा” शिर्षकमा वोल्नेछन् ।
दोश्रो दिन प्रा.डा. ज्ञानु पाण्डे र साहित्यकार महेश पौड्याल रहनेछन् ! प्रा. डा. ज्ञानु पाण्डेले “नेपाली प्राज्ञिक वृत्तमा लैङ्गिक चेतकोउठान : चर्चा प्रारम्भिक परिप्रेक्ष्यको” शिर्षकमा तथा महेश पौड्यालले “नेपाली साहित्यको अनुवाद: अन्तर्राष्ट्रियकरणको आधार “ शिरषकमा वोल्नेछन् !
पहिलो दिन उद्घाटन सत्रमा शुभकामना मन्तव्यहरू रहनेछन् भने दोश्रो दिन खुल्ला कविता वाचनको पनि कार्यक्रम रहेको छ ।
कार्यक्रमको अध्यक्षता अनेसासका केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइलाले गर्नेछन् ।
स्मरणीय छ, अनेसासले पहिलो अन्तरराष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको न्यूयोर्कमा सम्पन्न गरेको थियो भने पछि जापान, अष्ट्रेलिया, वेलायत आदि देशमा सम्पन्न गरिसकेको छ । कोरोना महामारीको कारण पहिलो पटक भर्चुअल रूपमा अन्तरराष्ट्रिय सम्मेलन सम्पन्नगर्न लागिएको हो ।
प्रतिक्रिया