काठमाडाैं, टुक्का साहित्य समाज काे आयाेजनामा मिति २०७८ पुस ७ गते बुधबार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-११” अन्तर्गत काठे भाका (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ । याे भाका विशेषगरी काठमाडौ उपत्यका र यसका वरिपरिका जिल्लाहरूमा गाइने ठाडो भाकालाई काठे भाका भनिएको हो ।
प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा सन्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २८ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
टुक्का साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमकाे परिकल्पनाकार ताराप्रसाद चापागाईंले दुई हरफमा पूर्ण हुने छाेटाे, मिठाे र चाेटिलाे लघुत्तम काव्यिक विधा टुक्का लाई छन्दमा लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सन्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिएकाे बताउनु भयाे ।
काठे भाका (लाेक छन्द)
~ यो छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ काठे भाकामा १९ अक्षर हुन्छन्।
~ काठे भाकाको सूत्र-
४+२+४,२+४+३ = १९ अक्षर
अभ्यासका क्रममा सङ्कलन गरिएका काठे भाका लाेक छन्दका टुक्काहरू
[१]
आयो बरै आँखा भरिएर, तिम्रो सम्झनाले सतायो
छोड्यौ साथ गयौ टाढिएर, अहो! झनै प्रेम उदायो।
~ अनिल खग्रास
[२]
१.
कठिन छ बाटो यात्रा लामो, तर हिंड्नुपर्छ नथाकी
सफलता त्यसै पाईंदैन, तीर निशानामा नताकी ।
२.
साँझ पख आयौ रमाउँदै, दियो झैं बलेर धपक्क,
अनायासै तिमी कसरी पो, बस्यौ हृदयमा थपक्क।
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा
[३]
सुनसान कालो भयो रात पनि उज्यालो नै छलेर
मृगतृष्णा लौन जाग्न थाल्यो सबै अङ्गअङ्ग जलेर।
लक्ष्मी श्रेष्ठ
बिर्तामोड, झापा
[४]
१.
साँचाेसत्य बाेल्दा अपराध हुने अाराेपले बाँधेर
जातिबिती किन गरिरह्याै सानू रिसईबी साँधेर ।
२.
मुटुभित्र राख्छु भन्दाभन्दै किन परपर गएको
सुनेको छु आज उतैतिर जाने तरखर भएको ।
रामकृष्ण दुवाडी
पाेखरा
[५]
१.
परिवार पाल्न विदेशमा आएँ र पसिना बगाएँ
अलिकति दु:ख थोरैथोरै मात्रै त्यो अभाव भगाएँ ।
२.
मनभरी पीडा बोकाउँछ्यौ, आज रुवाउँछ्यौ मलाई
यसो गरि कहाँ सक्छु र म, मार जलाएर सलाई ।
३.
तड्पिएर बस्छु रातदिन, यहाँ रमाउनु कसरी
गाउँभरी हेर रमझम, छैन मनभित्र यसरी ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[६]
१.
आएकोछ याद नालापानी आज एम सीसी ल्याएर
किन होस भैन हाम्रो जातिलाई सधै दुःख पाएर।
२.
आउनुहोस् अब लड्नुपर्छ हाम्रो देशलाई जोगाऔँ
परिआयो ठुलो समस्या लौ सबै मिली माथि उठाऔँ।
सुरेशकुमार पान्डे
दाङ घोराही-१८
[७]
१.
बडाबाको छोरो हरायो रे, जन्त जाँदा बाटो भुलेर
आजभोलि कति बिग्रिएका, मान्छे बेकाममा डुलेर।
२.
मिठो मिठो कहाँ पाउनु नी , हामी गरिबको झुप्रोमा
राम्रा राम्रा कता भेट्नु नि हौ , आफैँ छानी लग थुप्रोमा ।
३.
मायाँ मारी गयौ शहरमा, तिम्रो सम्झना भो मनैमा
काया तिम्रो रहोस् नजरमा , म त हुन्न लोभी धनैमा ।
४.
झलझली सम्झनाले आँखा, धेरै रसाएर भुतुक्कै,
लैजाउँ कि कटाएर बाटो, आजै लुकाएर सुटुक्कै ।
गुणनिधि घिमिरे
पाँचथर
[८]
१.
प्यारो लाग्छ उनी रिसाउदा,खुसी छिपाएर हाँसेको
अनगिन्ती पीडा चपाएर ,मोह खडेरीले बाँचेको ।
२.
कतिआए गए महलमा, माथि चड्नलाई भिरमा
उनी संगै म छु संसारमा, छैन बेइमानी शिरमा।
होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[९]
१.
सपनीमा भेटे आज मैले , माया लुकाएर लाएको
बिर्सियौ की प्रिय तिमीले खै, बाचा कसम त्यो खाएको।
२.
लजाएर गयौ किन किन, सानू खुसी लाग्छ लजायौ
अनगिन्ती अासा बोक्दा बोक्दै, दिलमा सपना सजायौ।
दुर्गा अाचार्य
मोरङ
[१०]
१
रमाइलो हाम्रो सम्बन्धमा, आँधी बतासले भ्याउला
जुनीभरि सँगै बाँच्न हामी, साथ जिन्दगीमा पाउला।
२
के भरोसा फेरि फर्कीआयो, रोग महामारी बढेर
दुई दिने चोला बाच्नुपर्छ , सधैं कसरत गरेर ।
भगवती दवाडी
दमक, झापा
[११]
१.
तिमी लाई भनी पर्खिबसें, तर बुझेनौ खै जहिल्यै
हाम्रो प्रेम लाई कतिपनी ,पर नपारहै कहिल्यै ।
२.
मायालुको माया कसरी खै, भुलु भुल्न लाई चाहिनँ
तिमीलाई मैले बोलाएर पनि भेट्न लाई पाइनँ ।
३.
तिम्रै माया लाग्छ मनभरी , किन तिमीलाई नदेखे
तिम्रो मेरो भेट हुन्नथियो होला भाग्यमा नै नलेखे ।
बेदु न्यौपाने
काठमाडौ
[१२]
तिम्रो जस्तो मीठो बोलीचाली, कतै सुन्नपाको थिइनँ
पाए पछि तिमी दिलचस्पी, माया दायाँबायाँ दिइनँ।
त्रिलोचन भण्डारी
झापा, मेचीनगर
[१३]
१.
सपनीमा देखें हिजो मैले, तिमी परदेश गएको
सँग सँगै बस्ने मन थियो रहेछौ नि अर्कै भएको ।
२.
तिम्रै लागि भनी बसेकि थे, माया माइतीमा छोडेर
धोखेबाज रैछौ बोली गयौं, बाचा कसम नि तोडेर ।
दुर्गा भट्टराई
मोरङ
[१४]
तिम्रै लागी धेरै तड्पिएको, तिमीलाई थाहा भएन
हेर्ने मेरा आँखा सधैंसधैं, तिमी देखि टाढा गएन ।
बिक्रम तिरुवा सलिन
जुम्ला, कुडारी
[१५]
कर्म मेराे आफै काेरेकाे छु तिमी बिना पनि बाँचाैला
घमण्ड त हैन मन राजा प्रेम केहाे भन्ने जाँचाैला।
प्रद्युम्न चालिसे
भक्तपुर, सुनपा ५
[१६]
त्यो भवरा खुसी मनाउछ पुष्पहरु चुम्न पाएर,
धेरै खुसी भएँ सानु माया तिमी यो मनमा आएर।
पवन कुमार बुढाथाेकी
[१७]
मायालुको माया अति मिठो, प्रेम बसे पछि मनमा
चाहिन्दैन अरू केही पनि, अति उमङ्ग छ तनमा।
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[१८]
१.
रमाएर प्रिय हाँसीखुसी, जुनि सँगसँगै काटौला
सुखदु:ख हाम्रा जिन्दगीका, हेर आपसमा बाटौला ।
२.
छोडिदेउ सुर्ता जिन्दगीको, तिमी ढुक्कसँग बसेर
मिठामिठा बात गर्नुपर्छ, अब अंगालोमा कसेर ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[१९]
लट्टिपट्टी पारी सोहोरेर लग्यो भएजती जसले
आजकल भन्छ थाहा छैन केही बिताएछ कसले?
परिक्रमा श्रेष्ठ
धरान, सुनसरी ।
[२०]
१.
तिमी बिना मेरो सजाउन किन मिल्दैन यो सिउँदो
तिमी बिना प्राण बचाउन मेरो सक्दिनकी जिउँदो ।
२.
हाम्रो माया सधैं युगयुग रहोस् इतिहास अमर
सधैं मैले पाऊँ बाचुन्जेल तिम्रो सजाउँन त्यो घर ।
तारा घिमिरे
संखुवासभा
[२१]
भटेघाट गरौँ भन्दा भन्दै माया मेरो किन टाढियो?
सम्झनाले खेद्यो रातैभरी काँडा छातीभित्र गाडियो।
रामशरण न्याैपाने
[२२]
मुटुभित्र राखे आफ्नो ठानी आँसु चुहाएर छोड्दियौ
खै के चिज कमि देख्यौ म मा, सँगै हिड्दा बाटो मोड्दियौ।
अम्बिका अधिकारी
झापा
[२३]
आफू गल्ती गरी दोष मेरै भन्छौ सक्दिनँ म सहन
एकअर्कालाई बुझ्नुपर्छ हामी जुगौ साथ रहन ।
जमुना आचार्य
सिन्धुपाल्चोक
हाल कपन काठमाडौं
[२४]
सक्ने भए तिम्रो लागि हेर,आकाशको तारा झारिन्थ्यो
सँगसँगै खेल खेल्दा तिमी जित्नु भन्दै आफू पारिन्थ्यो ।
बिनिता बिश्वकर्मा ‘बिनु”
बाजुरा
[२५]
१.
हृदयमा बस्छु सधैंभरि,थाहा तिमीलाई भएन
सधैंसधैँ तिम्रो मुहारमा, हाँसाे कहिल्यै नि गएन।
२.
प्याराे लाछ मेरो जन्मभुमि, माटाे ढुङ्गा खल्दै हाँसेकाे
हजारौं ती पीडा सहेर नै, आज याे धर्तिमा बाँचेको।
सहयात्री शाेभा अर्याल
रुपन्देही , बुटवल
[२६]
दिएँ प्रीति सारा अन्भाएर, तिमी गइदियौ लुसुक्कै
खोजुँ कहाँ मुटु हराएको,कता लुकाएछौ सुटुक्कै ।
शर्मिला श्रेष्ठ
भैंसेपाटी,ललितपुर
[२७]
बयानले सधैँ बनाइए झूटा किनाराले रुवायो
म फालिएँ यसै हावा थिए जहाँ मलाई नै खुवायो।
पाैडेल विमुन्स
पाेखरा ।
[२८]
तिम्राे चाेखाे माया पाएपछि, सारा दुनियाँ नै जिताैला
साथ देउ सधैँ यसै गरी, हाँसि खुसी रमाउँदै बाँचाैला ।
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
>>> जय टुक्का! जय साहित्य!! <<<
प्रतिक्रिया