ज्ञानेन्द्र तामाङ र बिपना गोलेको अभिनयमा “पिरती लाको“ सार्वजनिक

इनेप्लिज २०७८ पुष ९ गते १३:२९ मा प्रकाशित

काठमाण्डौं।नब गायक बबि लामा र लोक प्रिय गायिका रजनी लामाको स्वरमा रहेको काँठे लोक दोहोरी गीत “पिरती लाको“ बजारमा सार्बजनिक भएको छ।
माया प्रेममा कुनै बाधा नभए जिन्दगी सजिलै काट्न सकिन्छ भन्ने कुरा सो गीतको भिडियोमा देखाउन खोजीएको छ।गीतमा बबि लामाको शब्द,राजु विरही सापकोटाको लय सिर्जना गीतमा रहेको छ।

सरोज शाहीको छायाँकन,रोशन धितालको सम्पादन तथा राजु बिरही सापकोटाको निर्देशनमा भिडियो तयार पारिएको छ।“पिरती लाको“ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको ससक्त अभिनय देख्न सकिन्छ।

“पिरती लाको“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया