काठमाडौ- नेपाली कांग्रेस कार्यसमिति सदस्यमा विदेशमा वस्ने नेपालीको प्रतिनिधित्व समेत हुने गरी उम्मेदवारी दिएका हरिबोल भण्डारीले आफुले प्राप्त गरेको समर्थनले अझ बढी उत्साहित भएको वताएका छन्।
खर्स आर्य समुहवाट उम्मेदवारी दिएका भण्डारीले १५९३ मत प्राप्त गरेका थिए।तर,यो मत जितका लागि भने पर्याप्त भएन।केही मतले उनी केन्द्रिय समिति सदस्य हुनवाट रोकिए।
नेपाली कांग्रेसको यो महाधिवेशनको नेतृत्व चयन प्रकृया गुट उपगुटमा विभाजित थियो।अधिकांश शेरबहादुर देउवा पक्षमा रहेका उम्मेदवारले जितेका छन्।
म विदेशमा वस्ने ६० लाख नेपालीलाई समेत प्रतिनिधित्व गर्दै पुरानो पार्टी नेपाली कांग्रेसमा कार्यसमितिका लागि उम्मेदवार वनेको थिएं भण्डारीले भने कांग्रेसका महाधिवदेशन प्रतिनिधिले मलाई दिनुभएको मतमा सवैलाई जस जान्छ।
म हारेको होइन,थाकेको पनि छैन भण्डारीले प्रतिकृयामा भनेका छन् बि पी बिचारको शस्त्र बोकेको यो सिपाही न हारेको छ न थाकेको छ अझ वढी उत्साहित वनेको छ जति गर्न सकिन त्यसका लागि कृयाशलि रहने छु।
विद्यार्थी काल देखि नै कांग्रेस राजनीतिमा सकृय भण्डारी व्यवसायी हुन।नेपाल र विदेशमा उनका ब्यबसाय छन्।उनी विदेशमा वस्ने नेपालीको संस्था एनआरएनए का सल्लाहकार समेत हुन्।बिदेशमा वस्ने नेपालीसंगको पहुंचमा उनको राम्रो संजाल थियो।
राजनीतिमै सकृय भई देशको उन्नती र विदेशमा वस्ने नेपालीका पनेपालमा बसेर सधै सकृय रहने भण्डारीले वताए।
उनको उम्मेदवारीमा विदेशमा वस्ने नेपालीले व्यापक समर्थन जनाएका थिए।बिदेशमा वस्ने नेपालीको आवाज बोल्न पनि पुरानो राजनीतिक पार्टीमा विदेशमा बस्ने कसै न कसैको प्रतिनिधित्व होस भन्ने पक्षमा विदेशमा रहेका नेपाली थिए।
त्यसैले विदेशमा बस्ने नेपालीले भण्डारीको उम्मेदवारीलाई चासोका साथ हेरेका थिए।निकै ढिलो गरी आएको खर्स आर्यको नतिजाले कांग्रेसले विदेशमा बस्ने नेपालीलाई कसरी र कस्तो स्थान दिन्छ भन्ने चासो छ।कांग्रेसको कार्यसमिति सदश्य हुन नेपालवाटै महाधिवेशन प्रतिनिधि हुनु पर्छ।भण्डारीले आफ्नो क्षेत्र काठमाडौ ३ जोरपाटीवाट सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधि भएका थिए।
निकट आएका स्थानिय,प्रदेश र संसदको निर्वाचनमाबिदेशमा वस्ने नेपालीको प्रभाव पनि व्यापक छ।
प्रतिक्रिया