चलचित्र ‘फिदा’को गीत सार्वजनिक

इनेप्लिज २०७८ पुष ७ गते २३:५५ मा प्रकाशित

काठमाडौँ।चलचित्र ‘फिदा’को  ‘तिमी तिरै तान्यो मायाले’ सार्वजनिक भएको छ।नित्या शिवा र गायक बावुल गिरीको आवाज रहेको उक्त गीतमा राजेन्द्र श्रेष्ठको संगीत,राजु पौड्याल र दिप्ती लामिछानेको अभिनय रहेको छ।

मोहन गमालको प्रस्तुति तथा शङ्कर अधिकारी घायलको लेखन÷निर्देशन रहेको चलचित्रको पहिलो गीत केही दिन अघि सार्वजनिक भएको थियो।चलचित्रमा राजु पौड्याल, दीप्ति लामिछाने,प्रवेश लिम्बू,प्रतिभा राई,राजन महर्जन,प्रेमा मगर र सरोज शिवको अभिनय रहेको छ।चलचित्रमा विश्वास भण्डारीको छायांकन, राजन महर्जन को नृत्य,राजु किराँतको द्वन्द्व,विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन रहेको छ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया