काठमाडाैं,टुक्का साहित्य समाज काे आयाेजनामा मिति २०७८ मङ्सिर २९ गते बुधबार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१०” अन्तर्गत तिजे भाका (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ।
प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा सन्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट १८ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे।
टुक्का साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमकाे परिकल्पनाकार ताराप्रसाद चापागाईंले दुई हरफमा पूर्ण हुने छाेटाे,मिठाे र चाेटिलाे लघुत्तम काव्यिक विधा टुक्का लाई छन्दमा लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सन्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिएकाे बताउनु भयाे।
आक्षरिक छन्द अर्थात लाेक छन्द अन्तर्गतको तिजे भाका छन्
२))
१,
भाइ लिन नआइज भो जान पाउन्न माइत
घरमा सासू ज्यू भन्नू हुन्छ राम्रो छैन साइत।
२,
अर्को साल तिजमा फन्को मारी नाचौँला
माइतीको आँगनीमा कम्मर भाचौँला।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
३))
१.
सबै काम छाडेर आँए तिज भनेर माइत
हामि चेली माइत आउँदा पार्नुपर्छ साइत।
२.
माइतमा आउन पर्व कुर्नु परेको
कोही छैन घरमा माइतमा झरेको।
सुरेशकुमार पान्डे
दाङ घोराही-१८
४))
१.
छोरीचेली आमा बाबा बिना छ माइत उल्झन
माइती घरको हुन्छ प्यारो सधैंभरि आँगन।
२.
दाजुभाइ नबिर्स तिम्रो मायाले आज
झल्किन्छ त्यहीँको खेतबारी कामकाज।
भगवती दवाडी,झापा
५))
१
मेरी आमा सासुले सधैँ माया प्रेम नै गर्छिन
गाली गरे पतिले बचाउन अगाडि सर्छिन।
२.
तीज आयो बुहारी जानु पर्छ माइत
चाँडाे गरी मिलाऊ उता जाने साइत।
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत
६))
१.
म त यता घरमा,आमा बाबा माइती घरमा
तिज आयो छोरीको,बाटो हेरी भाइको भरमा।
२.
दिन बित्यो साँझमा,भाइ आए आँगन
भन्न थालेभाइले,अब बाटो लागन।
होम प्रसाद नेउपाने
धरान, सुनसरी।
७))
१.
धेरै भयो म हेर नगएको माइत
जान मन धेरै छ कैले छैन साइत।
२.
बर्ष दिन घुमेर आयो तिज सरर
भाई लिन आएन कठै आँसु बरर ।
दुर्गा भट्टराई
मोरङ।
८))
१.
तिज गयो उहिल्यै,गीत लेख्ने अहिले
तिजे भाका अभ्यास, हुनुपर्थ्यो पहिले।
२.
थियोे मन तिजमा, धोको फेरि नाच्ने र गाउने
दिदीबैनी भेटेर,माइतमा रम्ने रमाउने ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४,दाङ
९))
१.
माइतमा तिजमा छमछम नाचन आएको
बा-आमाले पकाको दरखाई दोहोरी गाएको ।
२.
दिदीलिन जाउन किन ढिला गरेको
बुहारीले पानी है ल्याइन् गाग्री भरेको।
बेदु न्यौपाने
काठमाडौ
१०))
१.
चाडपर्व आउँछ रुन मन लाउँछ
बिरहले दुनियाँ अन्धकार छाउँछ।
२.
चेलीबेटी मिलेर नाच्ने गर्थ्याैं मजैले
बिदामाग्दा तिजमा दिइनन् नि बजैले।
३.
अधिकार जमाई बसेपछि सासुले
राेइराेइ मजेत्राे भिजेछ नि आँसुले।
४.
बुहारीकाे गणना दाेश्राे दर्जा भएछ
सासुज्यूकाे सामना गर्नु पर्ने रहेछ ।
रामकृष्ण दुवाडी
पाेखरा
११))
१.
आउँदैछ तिज नि बोलाउन आउनु
दाजुभाइ मायाले मनभरि छाउनु ।
२.
जति पिर भए होस् मुसुमुसु हाँसेर
मनाऔंला तिज यो छमछमी नाचेर ।
रचना शर्मा प्रतीक्षा
ललितपुर।
१२))
१.
दाजुभाइ मिलेर दिदीबैनी,ल्याउने कहिले
माइतीमा तिजकाे रमाइलो, गराैँला अहिले।
२.
तिहारकाे बेलामा दाजुभाइ,गरेर साइत
दिदीबैनी आएर चाडपर्व,मनाए माइत।
३.
माइतीमा नजानु भन्नुहुन्छ सासूले
सधैँभरि अँधेराे देखिन्छ नि आँसुले।
४.
माइतीको घरमा,रमाइलो गरेर,
दिदी बैनी भान्जीले,घरमा भरेर।
सहयात्री शाेभा अर्याल
रुपन्देही,बुटवल
१३))
१.
मामा घर तिजमा लानु हुन्थ्यो आमाले
आमा भुल्ने नाचमा पैसा दिन्थे मामाले।
२.
यसपालि तिजमा आउ छोरी माइत भनेर
बोलाएको आमाले जानु पर्ला साइत गनेर।
गुणनिधि घिमिरे
पाँचथर
१४))
१.
बर्ष दिनको तिजमा माइत गइन्छ,
रमाउनुछ हामी साथि जम्मा भइन्छ।
२.
बजारमा गएर राम्रा लुगा किनौला ,
रात पर्ला बाटामा बेलामा नै हिडौला।
दुर्गा आचार्य
मोरङ
१५))
१.
तिमीलाई सम्झेर माइतीले बोलाए
खुसी हुँदै जाउ है नयन ती टोलाए।
२.
माइतीमा गएर भेटघाट गरेर नाँचनु
खुसी हुँदै नाचेर बारुली त्यो कमर भाँचनु।
श्रेष्ठ “परिक्रमा”,धरान- सुनसरी ।
१६))
तिजमा माईत जाउँ त छैन माइत
यो अभागी चेलीको हुन्न छैन साइत।
कमला पाण्डे पराजुली
झापा
१७))
तिज आयाे रमाई चेलीबेटी नाचेका
बारुले त्याे कम्मर दश ठाऊँ भाँचेका ।
ताराप्रसाद चापागाईं
धुनिबेसी।
१८))
१.
आएपनि टोलाएँ गएपनि टोलाएँ रातिमा
शान्ति कतै छाएन पीर घट्दै घटेन छातीमा।
२.
भनेका हौ यादमा बसेको छु रोएर,
झूटो नहोस् तुलसी भाक अब छोएर।
पौडेल विमुन्स
पोखरा कास्की
>>> जय टुक्का! जय साहित्य!! <<<
प्रतिक्रिया