उत्कृष्ट डिजाइनर’ बन्न १६८ जना भिड्दै

इनेप्लिज २०७८ पुष ५ गते ११:५५ मा प्रकाशित

काठमाडौं।एकैसाथ १६८ जना डिजाइनरहरु रनवेमा उत्रँदैछन्।यही आउँदो माघ ८ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा डिजाइनरहरु रनवेमा उत्रन लागेका हुन्।इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले उनीहरुलाई स्टेजमा उतार्न लागेको हो।

आईआईएफटी एउटा यस्तो फेसन इन्टिच्युट हो,जुन पछिल्लो समय फेसनप्रति चासो लिने र फेसन डिजाइनर बन्न चाहनेका लागि लोकप्रिय छ।बागबजार ललितपुरको कुमारी पाटीमा रहेको यो इन्टिच्युटबाट छोटो समयमै राम्रा फेसन डिजाइनरहरु उत्पादन भएका छन्।उनीहरुले संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरमा बुटिक सञ्चालन गरेर नेपालको फेसन क्षेत्रमा आयाम थपिरहेका छन्।र,फेसन पारखी सेलिब्रेटीदेखि सर्वसाधारणसम्मलाई फेसनको तृष्णा मेटाउँदै आएका छन्।

आईआईएफटीले विगत चार वर्षयता हरेक वर्ष आफ्ना डिजाइनरका विद्यार्थी (६ महिने कोर्ष पूरा गरेका)लाई समेटेर ‘ड्रेस टु इम्प्रेस’ नामक फेसन शो गर्दै आएको हो।डिजाइनरहरु स्वंय आफ्नो सिर्जनामा स्टेजमा उत्रँने यस फेसन शोको तेस्रो सिजनका लागि यतिखेर १६८ जना डिजाइनरहरु तम्तयार गरिरहेका छन् ।

आयोजक संस्था अर्थात आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस–४’ मा अहिलेसम्मकै सबैभन्दा धेरै डिजाइनरहरु प्रतिस्पर्धा गर्न लागेको हो।मोडलिङ र डिजाइनिङको कम्बिनेशन हुने भएकाले प्रतिस्पर्धीलाई अहिले क्याटवाकलगायत मोडलिङबारे समेत प्रशिक्षण लिइरहेका छन्।

‘ड्रेस टु इम्प्रेस’ नाम जस्तै एक शसक्त डिजाइनररुको प्रतियोगिता हो।जसमा प्रतियोगीहरुलाई आफ्नो सिर्जनामार्फत दर्शक तथा जर्जमेन्टहरुलाई इम्प्रेस गर्नु त छँदैछ,त्यसमाथि मोडलका रुपमा स्यंम स्टेजमा उत्रेर इम्प्रेस गर्नु उनीहरुलाई अर्को चुनौती पनि छ।

आईआईएफटीका निर्देशक शेर्पा भन्छन्,‘यो विशुद्ध डिजाइनरहरुको प्रतिपस्र्धा हो,तर,जसमा मोडलिङ पनि जोडिएको छ।त्यसैले पनि यस शोमा सहभागी हुने प्रतिस्पर्धीहरुलाई दोहोरो चुनौती छ।’

यसअघि ‘डे«स टु इम्प्रेस’मा तनि जनाले उपाधि जितिसकेका छन्।सिजन–१ मा सोनी श्रेष्ठ, सिजन–२ मा महेश्वरीनाथ योगी र ३ मा क्यूटी शाक्यले उत्कृष्ट डिजाइनरको उपाधि जितेका थिए।त्यस्तै, यसपटक कसले ‘उत्कृष्ट डिजाइनर’ उपाधि हात पार्छन् भन्ने माघ ८ गते थाहा हुनेछ।

प्रतिक्रिया