देवर भाउजु भन्थें फरार भए, श्रीमान विदेशमा छोरीको विजोग (भिडियोसहित)

इनेप्लिज २०७८ पुष ३ गते १६:११ मा प्रकाशित

झापा।सुनसरीको इटहरीकी एक बिबाहित महिला अहिले जेठाजु नाता पर्नेसगँ फरार भएकी छिन।उनका श्रीमान भने वैदेशिक रोजगारीको क्रममा बिदेशमै रहेका छन। श्रीमान बिदेशमै रहेको बेला मन्जु राई नाम गरेकी ती महिला आफ्नी एक सानी छोरी छोडेर जेठाजु नाता पर्नेसगँ फरार भएको स्थानियहरुले मिडियालाई बताएका छन। बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई छ । मन्जुका आफ्नै जेठाजुका अनुसार मन्जुले छोरिलाई स्कुल पठाए पछि आफू हिडेकी थिइन।

अहिले भने मन्जुकी सासुआमा रुदै मिडियामा आएकी छिन।मन्जुकी सासुका अनुसार छोराले बिदेशमा त्यसरी दुख गरि कमाएको सबै पैसा लिएर मन्जु अर्कैसगं हिडेको भन्दै आफ्नो छोराले यो खबर सुनेर केही होला कि भन्ने आफुलाई डर भएको उनले बताएकी छिन।बिदेश बसेर अहिलेसम्म कमाएको सबै लिएर हिडे पछि बिदेशमा आफ्नो कोहि नभएको ठाउमा मन बुझाउने ठाउँ पनि नहुने भन्दै आफुलाई छोराको चिन्ता लागेको उनको भनाई छ।छोरो छिटै घर आओस भन्ने आफुलाई लगेको उनले बताईन्।

https://www.youtube.com/watch?v=rSm2826eUiQ&t=10s

प्रतिक्रिया