प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते विराटनगरमा

इनेप्लिज २०७८ पुष ३ गते १२:४२ मा प्रकाशित

विराटनगर,३ पुस।प्रेस चौतारी नेपाल मोरङ शाखाको आठौं जिल्ला अधिवेशन आगामी पुस २९ गते विराटनगरमा गर्ने आज यहाँ निर्णय गरिएको छ।

चौतारी जिल्ला कार्य समितिको आज बसेको बैठकले अधिवेशन सम्मेलन सम्पन्न गर्नका लागि मोरङ संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ।

बैठकले आगामी पुस १५ गते सम्म सदस्यता नविकरण गरि सक्ने निर्णय गरेको संयोजक कोइरालाले जानकारी दिनुभयो।

जिल्ला अधिवेशनका दिन प्रदान गर्ने ‘जनार्दन मैनाली’ पत्रकारिता पुरस्कारका लागि सल्लाहकार महेन्द्र विष्टको संयोजकत्वमा छनौट समिति पनि निर्माण गरिएको छ।

प्रेस चौतारी नेपालले राष्ट्रिय अधिवेशनका लागि जिल्ला तथा प्रदेश कमिटीको अधिवेशन दुई महिना भित्र सम्पन्न गर्न मंसिर २० गते परिपत्र जारी गरेको थियो।

प्रतिक्रिया