सुरज श्रेष्ठको एनिभर्सरिमा शुभकामना दिदै आकाश” पूजा” पुष्प ” र गरिमा”ले ठुम्का लगाए भिडियो सहि

इनेप्लिज २०७८ पुष ३ गते १०:४८ मा प्रकाशित

काठमाडौँ।अस्मिता अधिकारी र निशान भट्टराईको स्वर रहेको ‘किन होला’ सार्वजनिक भएको छ।मिठासपूर्ण शब्द गीतमा प्रयोग गर्दै आएका गीतकार बालकृष्ण न्यौपानेको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ।

गीतको भिडियोमा सानो तथा ठुलो पर्दामा चलेको अनुहार अभिनेता आकाश श्रेष्ठ,पुष्प खड्का,अभिनेत्री पूजा शर्माको अलवा मोडल गरिमा शर्मा,सुरज श्रेष्ठ, कविता श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ।गीतका कलाकारले दमदार नृत्य समेत गरेका छन्।

शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन,विष्णु खड्काको सम्पादन छ।गीतले सबैको मन जित्छ भन्नेमा आफु विश्वास्त रहेको गीतकार न्यौपानेले बताए।

प्रतिक्रिया