पल र स्वस्तिमा अभिनित ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ पुष २ गते १२:१४ मा प्रकाशित

 

काठमाडौं – युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको प्रेमिल शैलीको नयाँ गीत ‘दिलको हरन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।भिडियो  ‘ए प्लस’ नामक युट्युव च्यानल  मार्फत भिडियो सार्वजनिक गरिएको हो।

चर्चित गायिका मेलिना राई र प्रतिभावान गायक हरि लिम्बुको युगल गायनमा रहेको  यस गीतमा शब्द बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको रहेको छ।चर्चित गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ले  संगीतवद्द गरेको गीतलाई  उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्का फिचर्ड छन्।नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई  सुबोल थापाले कोरियोग्राफी गरेका हुन्।दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई चर्चित भिडियो निर्देशक गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो। भिडियो सुनेर हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया