कांग्रेस सहमहामन्त्रीमा मुस्लिम तर्फ फरमुल्लाह मन्सुर र खसआर्यबाट किशोरसिंह राठौर निर्वाचित

इनेप्लिज २०७८ पुष २ गते ११:२६ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन्।शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै खसआर्य तर्फ किशोर सिंह राठौर निर्वाचित भएका छन्।देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन्।पिछडीएको क्षेत्रबाट भने बद्री पाण्डे विजयी हुने संकते देखिएको छ।

प्रतिक्रिया