झापामा प्रकाश पराजुलीलाई मा–र्नुको कारण खु–ल्दै, पानी लिन गएको २ मिनेटभित्रै भएको थियो ह–त्या  (भिडियोसहित)

इनेप्लिज २०७८ पुष १ गते २२:५१ मा प्रकाशित

दमक।झापाको दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेको छ।दमक ६ स्थित एक पसलमा कार्यरत पराजुलीको हत्यामा संलग्नको पहिचान गरी तत्काल पक्राउ गर्न दबाब दिदैं पराजुली परिवारले शव बुझन इन्कार गरेका छन।मृतक पराजुलीका दाजुनरप्रसाद पराजुलीले निष्कर्ष न्यूजंगको कुराकानीमा भने–हाम्रो अरु कुनै गलत उद्धेश्य छैन,अपराधी पहिचान गरेर पक्राउ गर्नुपर्छ भन्ने हो।उनले भने– हाम्रो मान्छेको ज्यानको सवाल छ कुनै पनि हालतमा अपराधी पक्राउ पर्नुपर्छ र हदै सम्मको कारवाही हुनुपर्छ।

प्रकाशको शव विर्तामोडस्थित बिएण्डसी अस्पतालमानै रहेको छ।मृतक पराजुलीका बुबा देवीचरण पराजुलीले बुधबार राती साढे ७ बजेतिर आफनो छोरा मारिएको खबर सुनेका हुन।म बेलुका घरमै थिएँ घटना यस्तो भयो भनेर त्यहाँ पसलतिरका साथीभाईहरु मलाई लिन जानु भयो।५४ बर्षिय देवीचरणले भने –पाँच भाई मध्ये काइँलो छोरो हो प्रकाश।गाउँघरमा कसैसंग ननिको थिएन।गाउँमा कोही दुश्मन भए जस्तो लाग्दैन यता बजारतिरको कुरो मलाई थाहा भएन।घटना गराउने अपराधी पक्राउ गरेर आफूहरु माथिको अन्यायलाई कम गर्न परिवारको सुझाव छ।

https://www.youtube.com/watch?v=GGqTvwWpXVw&t=1s

प्रतिक्रिया