डा. चन्द्र गिरीको शब्द / सङ्गीतमा ‘पर्खी बसेको छु’

इनेप्लिज २०७८ पुष १ गते ११:५८ मा प्रकाशित

गीतकार डा. चन्द्र गिरीको शब्दरचना एवं सङ्गीतमा रहेको गीत पर्खी बसेको छु को भिडिओ सार्वजनिक भनेको छ l भिडिओ गीतकार गिरीकै अफिसियल युट्युब च्यानल रुपान्तरा म्युजिक बाटकेहि दिन अघि डिजिटल बजारमा आएको हो l छोटो समयमै साङ्गीतिक बजारमा कुशल गीतकारको पहिचान स्थापित गरिसकेका गीतकार डा. गिरीले यो गीतमा पहिलोपटक सङ्गीत गरेको कुरा थाहा भएको छ l

पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको यस गीतमा विकाश लिम्बू र बेनिशा पौडेलले स्वर दिएका छन् भने गीतको मिक्सिङ / माष्टरिङ किशोर थापाले गरेका हुन्l

यस गीतको भिडिओ लोकप्रिय कोरियोग्राफर / निर्देशक गम्भीर विष्टको निर्देशनमा तयार भएको हो l जसमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेम्याटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ l भिडिओमा लोकप्रिय कलाकार पल शाह र बिना राउतले अभिनय गरेका छन् l कथात्मक शैलीमा निर्माण गरिएको यस भिडिओमा एक अर्कालाई पर्खिरहेका, खोजिरहेका प्रेमी जोडीको कथा प्रस्तुत गरिएको छ l कथा संयोगान्त भएपनि भिडिओको अन्त्यमा अब के होला ? भन्ने सस्पेन्स छाडिएको छ l नित्तान्त मौलिक प्रस्तुति र नौलो स्वादमा रहेको यस भिडिओका केही महत्वपूर्ण कथा सत्य घटनामा आधारित रहेको कुरा निर्देशक गम्भीर विष्टले जानकारी गराएका छन् l

लगभग डेढ दर्जन गीत रेकर्ड गरिसकेका गीतकार डा. चन्द्र गिरीका यसअघि तिमी सुन न, मलाई परदेशी, नाचें फिरिरि, हौँ हामी बराबर र कन्फ्युज छु बोलका गीतका भिडिओ सार्वजनिक भईसकेका छन् भने अरु गीतका भिडिओ आउने क्रममा रहेका छन् l लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका मेचीनगर, झापाका गीतकार डा. गिरी हाल नर्थ क्यारोलिनामा बस्दै आएका छन् l वातावरणविद् डा. गिरी अमेरिकाको प्रतिष्ठित ओहदाका सरकारी कर्मचारी समेत हुन् l

भिडिओ लिङ्क:

प्रतिक्रिया