घाँटी र आँखामा धारिलो हतियार प्रहार गरी एक युवाको हत्या, विरोधमा बजार बन्द (भिडियोसहित)

इनेप्लिज २०७८ पुष १ गते १०:४० मा प्रकाशित

उर्लाबारी।झापाको दमकमा बुधबार राति धारिलो हतियार प्रहार गरी एक युवाको हत्या भएको छ।

दमक नगरपालिका वडा नम्बर ६ मा रहेको घिमिरे मार्केटमा बुधबार राति करिब ७ बजेतिर अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

घाँटी र आखाँमा धारिलो हतियार प्रयोग भएको पाइएको छ।घटना के कारणले कसले घटाएको हो भन्ने विषयमा अहिले सम्म केही नखुलेको दमक प्रहरीले जनाएको छ।प्रहरीले सो घटनाबारे गम्भीर रूपमा आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ।केहीलाई पक्राउ गरेको भएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन।ब्यवसायीहरुले हत्याको विरोधमा आज दमक बजार बन्द गरिएको छ।

प्रतिक्रिया