प्रितम आचार्यले गाएको ‘राठी केबल पुर्वान्चल लिटिल स्टार’को अफिसियल गीतको छायांकन सुरु

इनेप्लिज २०७८ मंसिर २९ गते ११:४४ मा प्रकाशित


इटहरी/ राठी केबलको टाईटल स्पोन्सरमा आयोजना भएको ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणको यतिबेला विभिन्न गतिविधिहरु भैरहेका छन्।सहभागी बालबालिकाहरूलाई ज्ञानबर्धक तालिमका साथै र्याम्पका कक्षाहरु पनि भैरहेको छ।ट्यालेन्ट राउन्डको नजिक आइपुगेको यो शोको भर्खरै फोटोसुटको काम सम्पन्न भएको छ।यता आयोजक कम्पनी साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्टले सबै सहभागीलाई अवसर दिने उद्देश्य सहित अफिसियल गीतको भिडियो छायांकन समेत गरेको छ।छायांकन भएको भिडियोको गीतमा भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटेर चर्चित भएका बालगायक प्रीतम आचार्यले स्वर दिएका छन्।उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकि छन्।उनि पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन्।

छायांकन भएको सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल T-Series ‘टि-सिरिज’बाट सार्बजनिक गरिने छ।आयोजक कम्पनिका प्रबन्ध निर्देशक साईमन राजबंशीका अनुसार २६ गते आईतवार भएको छायांकनमा ३० प्रतिशत काम सम्पन्न भएको छ।अब बाकी ७० प्रतिशत छायांकन भने कार्यक्रमको ग्रान्ड फिनाले लगत्तै दार्जिलिङमा गरिने छ।भिडियोमा इटहरी,बिराटनगर र बिर्तामोड टिमका ७९ जना सहभागी बालबालिकाहरु फिचर्ड छन्। यस्तै भिडियोमा पुर्वान्चल लिटिल स्टार दोश्रो संस्कारणकि बिजेता रोजिका सिटौला र सार्थक चौधरीको पनि विशेष भुमिका रहने छ।यो शोको धरानमा, बिर्तामोडमा र बिराटनगरमा छुट्टाछुट्टै सेमिफाइनल तय गरिएको छ।सेमिफाइनलबाट ५/५ जना छनौट गरेर फाईनलको लागि तयार गरिने आयोजकले जनाएको छ।फाईनल भने आउदो पौषको १० गते बिर्तामोडमा हुनेछ।

तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन्।त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दि गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो।यस्तै यहि आयोजक कम्पनि साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन्।जुन चलचित्र नेपालि,हिन्दि, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुदै छन्।यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ।तीन चरणमा भएको तेश्रो संस्करणको अडिसनमा प्रदेश १ भरिबाट ५०० को हाराहारीमा बालबालिकाहरुले अडिसन दिएका थिए।

प्रतिक्रिया