नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी

इनेप्लिज २०७८ मंसिर २९ गते ३:३९ मा प्रकाशित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को ‘ब्राण्ड एम्बेस्डर’ मा लोकप्रीय हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन्।नेपाल टेलिकम केन्द्रीय कार्यालयमा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई टेलिकमको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गर्न पाउँदा खुशी लागेको बताएका छन्।उनले कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन मह जोडिको भूमिका सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।

कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको र मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमजस्तो संस्थाको ‘ब्राण्ड एम्बेस्डर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको प्रतिक्रिया दिएका छन्।सम्झौतापछि उनीहरुले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य,ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन्।हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था छ।

प्रतिक्रिया