काठमाडौँ।गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।माधब थापाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन प्रभावन जे को रहेको ।एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको गीतमा रेकर्डिस्ट कर्ण सन्ज्याल र मिक्सिंग तथा मास्टरिङ्ग मनोज परियारको रहेको छ।माया प्रेम र वियोगान्त भाव बोकेको भिडियोले एक जोडी प्रेमीको कथा बोल्छ।
शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा निक्स शर्मा र उषा सुबेदी फिचर्ड छन्।दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन्। भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया