कम्युनिष्ट आन्दोलनमा निरन्तर जोडिएको ४५ वर्ष पार हुंदै गर्दा मनमा एउटा प्रश्नले सताएको छ, मलाई पार्टीले किन केन्द्रीय नेतृत्वका लागि योग्य ठानेन ? म योग्य छैन कि भनौ भने पार्टीमा मेरो जत्तिको योगदान गर्नेहरु निकै माथिल्लो पदमा पुगेका छन । योग्य छु भन्ने ठानौ भने, सौराहामा सम्पन्न अधिवेशनमा मलाई पार्टी नेतृत्वले केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेन । नयां नेतृत्व चयन गरेपछि आयोजित केन्द्रीय समितिको वैठकमा समेत अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्य थप गर्न प्रस्ताव गर्नु भएका नाममा मेरो नाम भेटिन ।
पार्टीमा कुनै योगदान नभएका भनौ वा पार्टीमा केही दिन अगाडि जोडिन आएका व्यक्तिहरुको नाम केन्द्ीय सदस्यको रुपमा प्रस्तावित छ । मैले पार्टीमा अत्यन्त गम्भीरतापूर्वक जिम्मेवारी सम्हालेको ४५ वर्ष वित्दा पनि मेरो नाम केन्द्रीय सदस्यको रुपमा प्रस्तावित भएको छैन । यो वेला यो ४५ वर्ष मैले के गरे त भन्ने विषयमा सवै सामु प्रष्ट पार्न केही टिपोट पेश गर्न चाहन्छु ।
१.२०३३ देखी २०३६ सम्म शिक्षण पेशामा रहँदा तत्कालीन माक्र्सवादी पार्टीको वुध्दिजिवी संगठन क्रान्तिकारी वुद्धिजिवी संघमा आवद्ध।
२. २०३६ सालको (जनमत संग्रह माग सहित को)आन्दोलनमा लागेवाफत शिक्षक पेशाबाट अवकाश
३.२०३९ सालमा लोकसेवा उत्तिर्ण गरी वैतडीको केशरपुर छोटी हुलाकमा पदस्थापना । कंचनपुर झलारी हुदै २०४१ मा कैलाली जिल्ला हुलाकमा सरूवा भै धनगढीमा स्थायी बसोबास
४. २०४६ को जनआन्दोलनमा क्रान्तिकारी वुद्धिजिवी संघकै प्रेरणाबाट विभिन्न गतिविधिमा सकृय । बहुदलीय व्यवस्थाको स्थापना पश्चात नेपाल निजामती कर्मचारी संगठन कैलाली जिल्ला तदर्थ समिति गठनसंगै जिल्ला सचिव
५. नेपाल निजामति संगठन कैलाली जिल्लाको प्रथम अधिवेशन २०४७ बाट कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख लालमणी जोशी निर्विरोध अध्यक्ष हुंदा म निर्वाचित उपाध्यक्ष
६. नेपाल निजामती कर्मचारी संगठनले संचालन गरेको निजामती सेवा ऐन संसोधनको माग राखी गरेको आन्दोलनमा तत्कालीन नेपाली कांग्रेसको सरकारले सुनुवाइ गर्नुको सट्टा दमनमा उत्रेपछि काठमाण्डौंको भद्रकालीमा २१ दिने आमरण अनसन। पार्टीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीज्यूको अनुरोधमा संगठनद्वारा आयोजित अनसन स्थगन र अनसन स्थगनसंगै स्थायी जागिरबाट अवकाश
७. अवकाशसंगै नेकपा (एमाले)को संगठित सदस्यता कैलालीबाट प्राप्त । जस्को केन्द्रिय नं ११०३६ र प्राप्त मिति २०४८ माघ २०
८. संगठित सदस्यता प्राप्त गरेपछि पार्टीमा पूर्णकालिन कार्यकर्ताको रुपमा कार्यरत ।
९. मैले पार्टी सदस्यता ग्रहण गर्दाको अवस्थामा कैलाली जिल्लामा ८५ जना संगठित सदस्य र धनगढी नगरमा ३५ जना पार्टी सदस्य भएको अवस्था
१०. नेकपा (एमाले)को कुनै पनि पार्टी कमिटीहरूका अधिवेशन मार्फत निर्वाचित नभएको र जिल्लादेखि स्थानीय तहसम्म तदर्थ कमिटीहरू निर्माण कै चरणमा भएकोले पार्टीलाई स्थापित गर्न सक्रिय भएको
११. वहुदलीय व्यवस्था स्थापनापछिको पहिलो संसदीय निर्वाचनमा नेकपा (एमाले)लाई पुर्वीयाको पार्टी भन्ने गरिएकोमा त्यसलाई चिर्न र पार्टी आधार स्थापना गर्न क्रियाशिल । स्थानीय स्तरमा पार्टी विस्तारका लागि क्रियाशिल हुन नवजीवन सहकारी संस्था लिमिटेडको स्थापना । नवजीवन सहकारीमा हाल शेयर सदस्य २८ हजार र निक्षेप पाँच अर्ब हाराहारीमा रहेको छ । सहकारीमार्फत पनि पार्टीलाई स्थापित गर्न क्रियाशिल ।
१२. २०४९ मा स्थानीय निकायको निर्वाचनमा उमेद्वार पाउन मुस्किल भएको अवस्थामा कर्मचारी आन्दोलनको जगमा मेरो नाम स्थापित भएकोले धनगढी नगरपालिकाको उपप्रमुख पदमा उमेदवार वन्न टिकट । झिनो मतको अन्तरवाट पराजित भए । नसोचेको मत प्राप्तगरी पार्टीको साख माथी उठाउन सफल
१३. तत्कालीन अवस्थामा कैलालीमा आफ्नो कुनै घरबास नभएको अवस्थामा डेरामा बसी पार्टी कामलाई बिस्तार र व्यवस्थित गर्ने क्रममा धनगढी नगर कमिटीको पहिलो अधिवेशन सम्पन्न गरी नगर सचिवको जिम्मेवारी
१४. २०५१ मा भएको मध्यावधि निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट हिमाञ्चल भट्टराई, क्षेत्र नं ३ बाट चक्र बहादुर डगौरा चौधरी र क्षेत्र नं ४ बाट महेश्वर पाठक लाई विजयी गराउन सफल
१५. २०५४ को स्थानीय निर्वाचनमा प्रमुखमा खेमराज पाण्डे प्रमुख र उपप्रमुखमा म धनगढी नगरका लागी उम्मेद्वार छनौट । २०४९ को निर्वाचनको अनुभवबाट थारू समुदायलाई अघि नसार्ने हो भने त्यो समुदायको मतप्राप्त नहुने निश्चित भएकोले आफुलाई प्राप्त उपप्रमुखको टिकट नारदमुनी रानालाई हस्तान्तरण जसवाट दुवै पदमा विजय हासिल ।
१७. २०४८ माघ २० मा पार्टी सदस्यता ग्रहणसंगै क्रान्तिकारी वुद्धिजिवी संघको जिम्मेवारी तत्तकालीन लेखा अधिकृत नवराज जोशीलाई सुम्पियर २०५० मा धनगढी नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न गराई नगर सचिव को जिम्मेवारी ।
१८. नगर सचिवको जिम्मेवारी सम्हालेकै बखत जिल्ला कमिटीको दोस्रो अधिवेशनमा जिल्ला कमिटी सदस्य र कार्यालयको जिम्मेवारी समेत बहन । तेस्रो जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको उपसचिव भई कार्यालय र आर्थिक जिम्मेवारी । सातौं महाधिवेशन पछि ६ महिना जिल्ला कमिटी को कार्यवाहक सचिव, चौथो र पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिव को जम्मेवारी
१९.२०५४ मा पार्टी विभाजन हुँदा जिल्ला कमिटी सदस्यको भुमिकामा मात्र भए पनि पुरै नेतृत्व नेकपा (माले) पार्टीतिर लागेकाले पार्टी कार्यालयको रक्षामा सतिसाल भएर उभिंदा विभाजनकारीहरुको भौतिक आक्रमण ।
२०. पार्टी विभाजनका समयमा पार्टी सम्पत्तिको रक्षा
२१. पार्टी विभाजनकै समयमा द्यौसी भैलो र चन्दा संकलनवाट ३० लाख ८६ हजार १३५ रूपिंयाको लागतमा जग्गा खरिद गरेर कार्यालय भवन र फर्निचरको व्यवस्थापन ।
२२. माओवादी सशस्त्र युद्ध वा राजाको सक्रिय शासनकालमा पार्टीलाई जीवन्त राख्न ज्यानको वाजी लगाएको
२३. जनआन्दोलनको सफलता पछि २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नं ५ बाट कोही पनि उम्मेदवार बन्न तयार नभएको अवस्थामा उम्मेद्वार भएर सम्मानजनक मत प्राप्त गर्न सफल
२४. छैठौ जिल्ला अधिवेशनमा पराजित भएपछि पार्टीको कान्छो जनसंगठन नेपाल राष्ट्रीय उद्योग व्यवसायी महासंघ को राष्ट्रिय तदर्थ कमिटी र पहिलो अधिवेशनबाट केन्द्रिय उपाध्यक्ष पदको जिम्मेवारीमा रहेर सुन्य अवस्थामा रहेको सुदुर पश्चिमको व्यवसायी संगठन निर्माण गर्ने, अधिवेशनहरू सम्पन्न गर्ने, र त्यसको कार्यालय खोल्ने कार्यमा सकृय
२५. मदन भण्डारी फाउन्डेशनलाई गतिशील र कृयाशिल बनाउने कार्यमा सकृय
२६. २०७२ मा नेपालको नयाँ संविधान जारी भएसंगै नेपाल संघीय संरचनामा गएपछि पार्टीको संगठनात्मक स्वरूप पनि संघीयता मा व्यवस्थित गर्ने क्रममा शुदुरपश्चिम प्रदेश लेखा आयोगको अध्यक्ष पदमा रहेर प्रदेश लेखालाई व्यवस्थित गर्ने र जिल्लाहरूको लेखा परीक्षण शुरू गर्ने चरणमा प्रवेश गर्दै गर्दा २०७५ जेठ २ गतेको केन्द्रिय सचिवालयबाट माओवादी केन्द्रसंग एकता गरेसंगै केन्द्रीय कमिटी सदस्यमा मनोनयन भै कैलाली जिल्लाको सहईन्चार्ज को भुमिका निर्वाह
मैले पार्टीमा सक्रिय रहेका केही दृष्टान्तहरु पेश गरे । अव म पार्टीमा किनारा पर्दै गएका विषयमा समेत चर्चा गर्न उचित ठान्छु ।
पार्टी एकीकरण पश्चता नेकपाका गतिविधि कुनै चर्चा गर्न लायक रहेनन् । पार्टी एकीकरणको काम तल्लो तहसम्म हुनै सकेन । जिम्मेवारी नभएपछि पार्टीमा धेरै क्रियाशिल हुने अवस्था पनि थिएन । २०७७ फल्गुन २३ को सर्वोच्च अदालतको फैसला पछि पार्टी कृयासिल हुदै गयो। कृयाशिलतासंगै पार्टीका स्थापित मुल्य, मान्यता, परम्परा, विधि विधान र मुल्यांकनका आधार भत्किदै गए। मैले यसको खरो विरोध गर्न थाले। प्रदेश र जिल्ला नेतृत्वको एउटै शैली मिलेकाले म एकलो वृहष्पति झै भएँ।
यसवीचमा हुर्किएका विकृतिको टिपोटलाई मैले यसरी गरेको छु ।
१. हरेक बैठकमा कार्यकर्ताको भर्ती । कहिले राख्ने, कहिले हटाउने।
२. पार्टी सदस्यता मतदाता नामावली उतारेर बनाउने। मृत्यु भएकाले पनि पार्टी सदस्यता प्राप्त गर्ने।
३. महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रको शेष अर्को क्षेत्रमा गाभेर प्रतिनिधी मनोनयन गर्ने।
४. योग्यता नपुगेको प्रतिनिधी छानी पठाउने ।
५. वार्ड तथा पालीका अधिवेशनहरूमा जवर्जस्ति नेतृत्व घोषणा।
६. मन नपरेको व्यक्तिको सदस्यता शुल्क बुझीसकेर लगतबाट नाम कट्टा।
पार्टीलाई यसरी नै चलायमान बनाउने हो भने यस प्रकारको बेथिति भित्र म अटाउने ठाँउ पनि थिएन । यसै कारण यो महाधिवेशनबाट बाहिरिएको भनिन्छ भने मलाई न्याय नै हुन्छ। मन वुझाउनका लागि जे भने पनि पार्टीको नेतृत्वमा पुग्ने मेरो यो अन्तिम कार्यकाल थियो । यस्तो अवस्थामा समेत पार्टी नेतृत्वले अवसरवाट वञ्चित गरिंिदंदा अवश्य पनि चित्त दुख्ने रहेछ र विगतका घटनाहरु स्मरण हुने रहेछन् ।
मैले पहिलो पटक जनकपुरमा सम्पन्न पार्टीको सातौ राष्ट्रिय महाधिवेशनमा भाग लिएको थिएँ । उक्त महाधिवेशनबाट कैलाली जिल्लाको पार्टी कामको व्यवस्थापन, लेखा प्रणाली, सदस्यता अभिलेख जस्ता कुराहरूमा उत्कृष्ठ जिल्लाको रूपमा सम्मानित भएको स्मरण यतिवेला भइरहेको छ । बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानलबाट लेखा आयोगको सदस्यमा उमेदवार भैं पराजित भएको थिए । काठमाण्डौं मा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा कैलालीबाट ३२ जना प्रतिनिधीले भाग लिन पाउनेमा केपी ओली प्यानलका नेतृत्वकै निर्देशनमा आफु भुगोलवाट उम्मेद्वार नबनी दुई तिहाई प्रतिनिधी लिएर महाधिवेशन जानु, ११२ जना मनोनयन गर्नुपर्नेमा पार्टी विधानको व्यवस्था नेतृत्व विच खिचातानी भै रहँदा मनोनयन नै नगरी महाधिवेशन सम्पन्न हुनु । म बाहिरको बाहिरै रहनु ।
मेरो उमेर ६४ बर्षमा प्रवेश भएको छ। यो दशौं महाधिवेशन नै मेरो लागी चुनिन पाउने पहिलो र अन्तिम अधिवेशन ठानेर अप्रेशन गरी आराम गर्नुपर्ने चिकित्सकको सल्लाह थियो तर मनले मानेन। म केन्द्रिय सदस्यको नाताले आयोजक, मुल व्यवस्थापन समितिको सदस्य, जनपरिचालनको सदस्य, तीन तीन वटा भुमिका पाएको वेला ज्यानको प्रवाह नगरी जनसभा देखी अन्तिम घोषणासम्म बसी मनपिरो बनाएर सौराहा बाट धनगढी तर्फ लागें।
सुचि वाचन पुरै सुने, मेरो नाम आएन। १० गते राती जंगल क्राउन होटेलमा बसेको १५ औ अर्थात अन्तिम बैठकको आसय सम्झें। सुदुर पश्चिमबाट प्रतिनिधीत्व गरेका पुराना केन्द्रीय सदस्य सवैको नाम वाचन भयो। मेरो मात्र नाम आएन। मन थाम्न ज्यादै गाह्रो भयो । होटलमा गएं तर निन्द्रा आएन। मनमा अनेकन कुरा खेल्न थाले। किन बाच्नु पर्यो जस्तो पनि हुन्थो तर फेरि म त लक्ष्मी प्रसाद देवकोटाको वंशज हुं भन्दै मनलाई सम्हाले। तर उम्मेदवारी दिएर विद्रोही उम्मेदवार बन्न मन लागेन।
अन्तमा मेरा तीनवटा पृथक भूमिका र त्यसले पारेको असरबारे छोटो चर्चा गर्न चाहन्छु।
क. भुमि सम्वन्धी समस्या समाधान आयोग ।
ख. २४ पौष २०७७ धनगढीमा सम्पन्न विशाल जनसभा।
ग. शुदुरपश्चिम प्रदेश कार्यालयको निम्ती निर्माणाधिन भवन।
घ. नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानबाट रोक्न खेलेको भूमिका र त्यसले पु¥याएको असर
भूमि आयोग कैलाली जिल्ला अध्यक्ष पदको सपथसंगै अनेकन चुनौतिका वीच झण्डै साढे पाँच महिनाको अन्तरालमा सवारी साधन थिएन, चालकलाई तलव दिने बजेट थिएन, गाडीलाई आवश्यक पर्ने इन्धनका लागि वजेट थिएन, आफ्नै निजी रकम बाट गाडी खरिद गरे। मैले प्राप्त गर्ने मासिक सुविधावाट इन्धन हाल्ने र चालकलाई पारिश्रमिक दिंदा मलाई बच्ने केही थिएन। तैपनि ७७ जिल्लामध्ये धेरै आवेदन संकलन गरेर कम्यूटर प्रविष्ट गर्ने, निस्सा वितरण गर्ने, आवश्यक उपकरण पालिकाहरूबाटै खरिद गराउने, नापनक्सा शुरू गर्ने, ०७८ आश्विन बाट पुर्जा वितरण शुरू गर्ने गरी १ लाख २७ हजार ५०० को हाराहारीमा तथ्यांक संकलन गर्न सफल भयौ । २०७८ श्रावण २० बाट परमादेशवाट आएको सरकार ले आयोग विघटन गर्यो। चालु आर्थिक वर्षको श्रावण महिनाको सुविधा अझैसम्म दिएको छैन।
२०७७ पौष ५ मा संसद विघटन पछी पार्टीमा ठुलै खैला वैला मच्चियो । देशभित्रकै पहिलो विशालजनसभा धनगढीमा आयोजना भयो। वानेश्वर स्थित अर्पण होटलमा पौष ११ गते बैठक बसी केही समितिहरू मा रहने व्यक्तिको नाम वाचन गरियो। कुनै पनी समितिमा संयोजक तोकिएन र भनियो जसको नाम शुरूमा छ, त्यसैले संयोजक गर्ने।
१४ पौषमा कार्की व्यांकेटमा आयोजित भेलामा सहभागी भएर भोली पल्ट धनगढी फर्के। प्रदेश र जिल्ला दुवै पार्टी कार्यालयमा दोहोरो ताला लागेका र प्रहरीले कब्जामा लिएको अवस्था रहेछ। कोभिडको त्रास कायमै थियो। दैनिक दुइ तीन सय कार्यकर्तालाई खटनपटन गर्नु पर्ने भएकोले जहाँसुकैबाट त्यो सम्भव थिएन। आखिर उपाय नलागपछी आफ्नै निजी निवासमा सम्पर्क कार्यालय बनाइ त्यहीवाट विभिन्न उपसमितिका बैठक र हरेकका कार्य योजना बनाई करिव ७०० बस, मोटर साइकल, निजी गाडी परिचालन गर्न र खर्च जुटाउनु कम चुनौती थिएन। प्रदेश अध्यक्ष र ईन्चार्ज पौष २१ गते सांझमा धनगढी पुग्नु भयो। हामीले सम्पुर्ण तयारी गरिसकेको अवस्थामा उहाँ आएर मंचको कार्यतालिका बनाउनु भयो। अहिले माओवादीमा भएका उद्धव भट्टराईलाई सचालकको जिम्मेवारी दिनुभयो । म माथि यति अन्याय गरिएको कि मलाई मञ्चमा कुर्सी समेत पुगेन । आफैं लगेर वसेको कुर्सीवाट समेत उठाएर सञ्चलक भट्टराईले अर्को व्यक्तिलाई वसाए । आर्थिक फरफराक गर्न ठुलो समस्या भयो। अध्यक्ष कर्ण थापासंग समस्या दर्शाउँदा जिम्मा लिएपछि तिर्नुहोस भन्ने उत्तर पाँए। बैंकबाट कर्जा लिएर दिनुपर्ने सबैको हिसाव फस्र्यौट गरे। खर्च विवरण मसंग छ तर अझैसम्म प्रदेश कमिटीले हेरेको पनि छैन ।
नेपाल प्रदेश संरचनामा गएसंगै प्रदेश कार्यालयलाई घर भाडा मा खोज्ने जिम्मा भीम रावलले मलाई नै दिनुभयो । घर खोज्ने, भाडा सम्झौता गर्ने, आवश्यक फर्निचरको व्यवस्था गर्ने र त्यसका लागी आवश्यक श्रोत जुटाउने कार्यको अगुवाई मैले नै गरें। जतिवेला प्रदेशसंग श्रोतनै थिएन, जब स्थानीय र प्रदेशको निर्वाचन सम्पन्न भए त्यसपछि निर्वाचित जनप्रतिनिधिबाट लेवी उठ्न सुरू भयो। २०७७ पौष ९ गते बालुवाटार र कार्की व्यांकेटमा अलग अलग पार्टी केन्द्रको बैठक भएपश्चात प्रदेशको खाता अध्यक्ष कर्ण बहादुर थापा, सचिव नेप चौधरी र कार्यालय सचिव दिनेश चन्द्र सुवेदीको संयुक्त दस्तखत बाट संचालन हुने भयो। तीनमध्ये कुनै दुईको हस्ताक्षर भए चेक सटही हुने व्यवस्था भएको मलाई जानकारी थियो। यी तीन मध्ये कर्ण थापा बाहेकका २ जना कार्कीव्यंकेटको बैठकतर्फ खुली सकेका थिय। मैले अध्यक्ष कर्ण थापालाई फोन गरेर भने खातामा रहेको रकम उता गएका दुईजनाले हस्ताक्षर गरेर झिक्लान । बैंक मेनेजरलाई फोन गरेर वैंकमा भएको पार्टी रकम वारेमा जानकारी लिए । ३८ लाख ३६ हजार रहेछ । वैंक मेनेजरसंग रकम रोक्का गर्न के गर्नुपर्छ भनेर जानकारी मागे र उनले खाता संचालक मध्ये एकले निवेदन दिनुपर्ने वताए । यही कुरा अध्यक्ष कर्ण थापालाई सुनाएँ। तर उहाँले पौष १२ सम्म कुनै निवेदन दिनु भएन र ११ गते केशर रावलको नामबाट ५ लाख र १२ गते दिनेशचन्द्र सुवेदीको नाम बाट तिसलाखको चेक काटी दिनेश सुवेदीको निजी खातामा सारियो । अनि हरेक भाषणमा उहाँलेनै भन्न थाल्नुभयो भीम रावलले पार्टीको पैसा लुटे । उहाँका ती भाषणमा म पनि हुन्थे, मन अमिलो पारेर सुनिरहन्थे।
प्रदेश कार्यालय रहेको भाडाको घर, घर धनीले भीम रावललाई निजी प्रयोजनको निम्ति भन्दै सम्झौता गरिदिएको कैलालीका प्रमुख जिल्ला अधिकारीबाट थाहा पाएपछि प्रदेश कार्यालय लाई अर्को घर खोज्ने क्रममा जिल्ला पार्टी कार्यालय रहेको भवनमै दोस्रो तला थप गर्ने निष्कर्षमा पुग्यौं।
श्रोतको व्यवस्थापन गर्न शुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने, राष्ट्रियसभा, प्रतिनिधीसभाका सदस्यहरू, संवैधानिक आयोगका सदस्यहरू, भुमि आयोगका सदस्यहरू, मंत्रीहरू, स्थानीय तहका जनप्रतिनिधीहरूवाट एक महिनाको सुविधाको २५५ ले हुने रकम उठाउने निर्णय गरियो । यो निर्णय अनुरुप सवैले जिम्मेवारी वहन गरेको भए करोड भन्दा बढी रकम संकलन गर्नसक्ने ठाउँ थियो।
रकम उठाउने जिम्मा पनि तोकियो । मन्त्रीहरूबाट लेखराज भट्ट, संवैधानिक आयोगबाट कर्ण बहादुर थापा, प्रतिनिधि सभा र राष्ट्रिय सभावाट नारदमुनि राना, राष्ट्रीय, प्रदेशसभा सदस्यबाट रतन थापा, भुमी आयोगबाट दीपक देवकोटा र स्थानीय जनप्रतिनिधीसंग सम्बन्धित जिल्लाका पार्टी अध्यक्षबाट उठाउने गरी जिम्मेवारी तोकिएको थियो तर मैले प्राप्त गरेको जिम्मेवारीको क्षेत्रबाट बाहेक कसैले उठाउने पहलनै लिएनन्। उठेको चार लाख बाहेक निर्माण ठेकेदारले भुक्तानी पाएको छैन । भवनको निर्माण काम आषाढ मसान्त मै सकिएको अवस्था छ ।
अरूले प्राप्त गरेको क्षेत्रमा गइ रकम संकलन गर्न मलाई मिलेन। सौराहाबाट फर्किदा केन्द्रिय सदस्य पद नै गुमाएर फर्के। निर्माण समितिको बैठक राखी विकल्पको खोजी गर्ने सोंच बनाएँ तर मेरो नेतृत्वमा रहेका सदस्यहरू केन्द्रिय सदस्य भैसकेकाले मेरो अध्यक्षतामा बैठक राखी केन्द्रिय सदस्य बनेका कमरेडहरूको अपमान हुने महसुस गरे। अध्यक्ष कर्ण थापालाई अव म त निर्माण समितिवाट विदा भएँ भनी जानकारी गराएं र ठेकेदारको भुक्तानी कसले गर्ने भन्दा ठेकेदारलाई भत्काएर लानु भनी जवाफ पाएँ। भत्काउँदा ठेकेदारको हुने क्षति र पार्टोको प्रतिष्ठा कहां पुग्ला ?
नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता हुनु अघिका समानान्तर कमिटी र खुलिसकेपछिका पार्टी गतिविधीहरू हेर्दा कैलाली जिल्ला नेतृत्व नेता कार्यकर्ता, जनप्रतिनिधीलाई रोक्ने होईन , पठाउनतिर उद्धत भएको देखियो । मैले निर्वाचित जनप्रतिनिधी र पुराना पार्टीमा लामो समय योगदान गरेका साथीहरूमध्ये कतिलाई समान्तर कमिटीबाट फर्काउने, अन्यायमा परेकालाई म छु भन्दै ढाडस दिने गर्दै आँए। त्यसैले होला दिपक त भीम रावलतिर लागेछ भन्दै प्रचार वाजी गरिएको रहेछ। म भने ग्राण्डी हस्पिटलमा उपचाररत थिँए। केही कमरेडहरूले दिपक त आयोगतिर जाने भन्नु भएको छ भन्दै हल्ला पिटाईएछ। हल्लालाई नै आधार मानेको हो भने खोइत मलाई कुनै आयोगमा राखेको ? भीम रावलका भनेर चिनिएका झपट रावल, प्रकाश शाह, गोविन्द कुँवरको नाम सुचिमा परेको छ। यो पर्नु मेरालागी स्वागत योग्य नै छ।
पैतिस वर्ष पार्टीमा पूर्णकालीन कार्यकर्ता भएर योगदान गरेको व्यक्तिले पार्टी कोषबाट एक कप चिया खाएको छैन । दश रूपैयाँ यातायात खर्च लिएको छैन । पार्टी प्रतिनिधि भै कुनै कार्यक्रममा जाँदा प्राप्त गरेको भत्ताको खाम जस्ताको तेस्तै पार्टी लाई बुझाएको छु । कोही कार्यकर्ता यस्तो छ ? यसको साक्षी जिल्ला पार्टी कार्यालयमा कार्यरत नै हुनुहुन्छ ईन्द्र कोली। फाँटवारी पल्टायर देखाउन चुनौति दिन्छु।
यही दशौ महाधिवेशनमा मेरो प्रवेश शुल्क र३ हजार रुपिंया र मेरो श्रीमती रूक्मणीको प्रवेश शुल्क २ हजार तिरेका छौ । हाम्रो लागी पार्टीले व्यवस्थापन गरेका होटल कोठा अरूलाईनै राख्नुहोला भनी जिल्ला अध्यक्ष रतन थापालाई जानकारी गराई आफ्नै खर्चमा होटल लिएर बसेका थियौं। यसको प्रमाण प्रतिनिधी दुर्गा जोशी हुनुहुन्छ।
पार्टीको दशौ राष्ट्रीय महाधिवेशनमा सुदुर पश्चिमबाट १८५ प्रतिनिधी मध्ये १९ जना केन्द्रिय सदस्य आयोजक प्रतिनिधी थियौ। आयोग सहित ३६६ जनाले जिम्मेवारी पाँउदा सुदुर पश्चिम प्रदेश बाट ३० जनाले जिम्मेवारी पाउनु भएको छ। आयोजक प्रतीनिधिमध्ये म बाहेक छुटेको एक जना देखाईयोस। मलाई त्यतिमै चित्त बुझ्छ।
मेरा यी धारणावाट बिपक्षी राजनीतिक दल उत्साहित भई हाम्रो मा आउनुस भन्ने दुश्साहस नगरे हुन्छ। सकृय राजनितीबाट सन्यास लिउँला तर सुर्य चिन्हको झण्डा ओढेर मृत्युवरण गरौंला।
मेरा यी सफलता असफलता रयोगदान र उपलब्धीहरू मेरो राजनीतिक जिवनसंग जोडीयका घटनाक्रम मात्र हुन । मंसिर २५ र २६ को केन्द्रिय कमिटीको बैठक लाई कुरेर बसेको थिए तर यस बैठक बाट ४४ जना केन्द्रिय सदस्य मनोनयन हुँदा त्याँहा पनि मेरो नाम आएन। म प्रति मेरो पार्टी किन यति धेरै पुर्वाग्रही भएको हो ? मैले यसको उत्तर कसबाट कहिले पाउने ?
प्रतिक्रिया