आधा अधुरो’मा साजन र बिना ( भिडियो )

इनेप्लिज २०७८ मंसिर २७ गते १०:४९ मा प्रकाशित

काठमाडौं–बिना राउत अभिनित  गायक साजन तामाङको डेब्यु गीत ‘आधा अधुरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेम भावना व्यक्त गरिएको यस गीतमा शब्द  गीतकार डि.पी खनालको रहेको छ भने सुरज कालाखेतीले यस गीतलाई संगीतवद्द गरेका हुन्।गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

ललितपुरको गोदावरीमा छायांकन गरिएको भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन्।भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।हस्पिटालिटी क्षेत्रमा काम गर्दै संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका संघर्षरत गायक तामाङले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया