कर्णालीको कथा बोकेको ‘बुलाकी’ को सुटिङ सम्पन्न

इनेप्लिज २०७८ मंसिर २४ गते १२:३१ मा प्रकाशित


काठमाडौं,२४ मंसिर कर्णाली प्रदेशको जनजीवन,रितिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको फिल्म ‘बुलाकी’ को छायाङ्कन सकिएको छ। तिहार लगत्तै डोल्पाबाट सुरु गरिएको फिल्मका केही दृश्य मुगु र जाजरकोटका बिभिन्न स्थानमा समेत खिचिएको जानकारी निर्माण पक्षले दिएको छ।करिब एक महिना निरन्तर छायांकन गरि युनीट हालै राजधानी फर्किएको हो।

मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन्।फिल्ममा नरेन खड्का,सुरक्षा पन्त,नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल,रमेश बुढाथोकी,सरस्वती खत्री,सुशील पोखरेल,लक्ष्मी गिरी,कुलदीप अधिकारी,झलनाथ खत्री,उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,कमल गाउँले,अमीत परियारलगायतका कलाकारको अभिनय छ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ को छायांकार शिब ढकाल हुन्।फिल्ममा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ।निर्देशक सुनारले फिल्मको छायांकन निकै उत्कृष्ट तवरले गरिएको बताउदै बाँकी दुई गीत केही समयपछि खिचिने जानकारी दिएका छन्।

प्रतिक्रिया