कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा न ७ मा रहेको लान्द्रुकमा यति बेला भिर मौरीको मह काढ्ने महोत्सव चलिरहेको छ।
पर्यटकीय गन्तव्यको रुपमा चिनिदै आएको लान्द्रुकमा थप पर्यटक भित्राउने उदेश्यका साथ् २१ गते देखि २३ गते सम्म भिर मौरीको मह काढ्ने महोत्सव आयोजना गरिएको हो ।
बिगत लामो समय देखि लान्द्रुकवासीले भिर मौरीको मह काढ्दै आएका थिए। पहिला गाउका केहि मानिसहरु मिलेर यो कार्य गर्दै आएका थिए । अहिले यसलाई थप प्रवर्धन गर्नको लागि महोत्सव नै आयोजना गरिएको हो। यस महोत्सवमा अन्नपूर्ण गाउपालिका द्वारा आर्थीक सहयोग भएको छ भने यति बेला लान्द्रुकका होटल तथा होम्स्टे पर्यटकले भरिएका छन्।
पर्यटकहरु बिहानमा हिमालको दृश्य अवलोकन संगै गाउ अवलोकन गर्छन भने दिउसोमा भिरमा मह काढ्दै गरेको दृश्य हेर्दै रातीमा रात्रीकालिन सास्कृतिक कार्यक्रममा रमाउने गरेका छन्। कोरोना संक्रमणका कारण रोकिएको पर्यटन व्यवसायहरु यति बेला उठ्ने जमर्को भैरहेको छ।
https://www.youtube.com/watch?v=NuG4vr3u5rg
प्रतिक्रिया