आइतबार, माघ ९ २०७८
काठमाडौं १५:५८
वासिङटन डिसी 05:13

स्टार स्कलर्स नेटवर्कको वार्षिक अन्तरराष्ट्रिय सम्मेलनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष सम्बोधन गर्नु हुने

इनेप्लिज २०७८ मंसिर २३ गते ३:०९ मा प्रकाशित

स्टार स्कलर्स नेटवर्कको वार्षिक अन्तरराष्ट्रिय सम्मेलन यस वर्ष डिसेम्वर १० देखि १२ तारिखसम्म भारतको दिल्लीमा हुने भएको छ ।

तर गत बर्ष जस्तै यस वर्ष पनि कोभिड महामारीका कारण हाम्रो यस सम्मेलन भर्चुअल रुपमा सम्पन्न हुनेछ। गत बर्ष नेपालको नेपाल खुला विश्वविद्यालय (Nepal Open University) ले आयोजना गरेको यो सम्मेलन यस बर्ष भारतले गर्दैछ।

ओपी जीन्दल ग्लोबल विश्वविद्यालय र भारतीय विश्वविद्यालय संघ को सह-आतिथ्यमा हुने यस विश्व सम्मेलनलाई नेपालको तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष सम्बोधन गर्नुहुनेछ।

डा. भट्टराईलाई अतिथिको रूपमा आमन्त्रण गर्दै ओपी जिन्दल ग्लोबल विश्वविद्यालयका उपकूलपति प्रा. डा. सी राज कुमारले पत्र पठाएका छन।

हरेक बर्ष फरक फरक देशमा गरिने यो सम्मेलन अमेरिकन एसोसिएशन अफ कलेजेज एण्ड युविभर्सिटिज, एसोसिएशन अफ गभर्निङ् बोर्ड, यूनेस्को, विश्व बैंक लगायतका संघसंस्थाका प्रतिनिधिहरुले भाग लिन्छन।

यस तीन दिने विश्वसम्मेलनमा ५० + अनुसन्धान प्रस्तुतीकरणहरू, २० + राउन्डटेबल छलफलहरू, र १० + विषयगत फोरम छलफलहरू समावेश छन। अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, ब्राजिल, क्यानडा, चिली, चीन, इजिप्ट, गाम्बिया, घाना, हङकङ, भारत, इन्डोनेसिया, लगायत ३७+ देशका विश्वविद्यालयहरू, गैरसरकारी संस्थाहरू, थिंक ट्याङ्कहरू र सरकारी क्षेत्रका ३०० भन्दा बढी सदस्यहरू सहभागी हुनेछन्।

जापान, केन्या, लेबनान, मलेसिया, मोरक्को, नेपाल, न्यूजिल्याण्ड, नर्वे, पाकिस्तान, पेरु, फिलिपिन्स, पोर्चुगल, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्पेन, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम , संयुक्त राज्य अमेरिका, भियतनाम सम्मेलन को लागी दर्ता हुने क्रम जारी छ।

२०२१ ग्लोबल सम्मेलनमा प्रख्यात विद्वानहरू र नेताहरूका मुख्य भाषणहरू, A. Noam Chomsky Global Connections Awards प्रस्तुति, संस्कृति र कलाको उत्सव, २०२१ मिलेनियम स्कलर्स द्वारा प्रस्तुतीकरणहरू, देशका निर्देशकहरूसँग गोलमेज कार्यक्रमहरू, मानवीय सम्बन्ध निर्माण गर्न नेटवर्किङ अवसरहरू पनि समावेश हुनेछन्। सीमापार मानव-सम्बन्ध, र हाम्रो उच्च-गुणस्तर, सहकर्मी-समीक्षा शैक्षिक प्रकाशनहरूको नेटवर्क मार्फत अनुसन्धान र प्रकाशनका अवसरहरूमा समेत प्रस्तुति समावेश हुनेछन।

ट्रान्सनेशनल एकेडेमिक रिसर्चर्स सोसाइटी (STAR ​​Scholars नेटवर्क) हाल विभिन्न १५५ देशका करीब १५००० प्राज्ञिक एवं बौद्धिक र पेशागत व्यक्तिहरु सदस्य रहेका छन ।

स्टार स्कलर्स नेटवर्क प्राध्यापक र शोधकर्ताहरुको एक अन्तर्राष्ट्रिय फोरम हो जसले अनुसन्धान को माध्यमबाट विश्वव्यापी सामाजिक गतिशीलतालाई अगाडि बढाउँदछ। संस्थाले विभिन्न विश्यविद्यालयहरुसंगको सहकार्यमा एकेडेमिक जर्नल,अनुसन्धानमूलक पुस्तक प्रकाशन, र वेविनारहरुद्वारा व्यवसायिक उन्नयनका अबसरहरु श्रृजना गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ। संस्थाका बारे विस्तृत जानकारी https://starscholars.orgबाट पनि लिन सकिनेछ।

यस वर्षको सम्मेलनको प्रमूख अतिथि वक्ता विश्वप्रसिद्ध भाषाबैज्ञानिक एवम विश्लेषक नोम चोम्स्की रहनु भएको छ। उहाँको बारे जानकारी लिन हाम्रो यस लिंक https://en.wikipedia.org/wiki/Noam_Chomskyमा क्लिक गर्न सक्नुहुनेछ। वहाँसंगै हाम्रा अन्य आमन्त्रित अतिथि वक्ताहरुको सूची यहाँ संलग्न गरिएको छ https://starscholars.org/

यो सम्मेलनको उद्घाटन, समापन, एवम पुरस्कार वितरण समारोह लगायतका विविध सेसनहरु ओपी जिन्दल ग्लोबल विश्वविद्यालयको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

https://l.jgu.edu.in/StarConference-WatchLive

डा. भट्टराईले विशेष सम्बोधन गर्ने विशेष समारोहको प्रत्यक्ष प्रसारण : December 10, 2021 from 8pm to 10pm (India Standard Time)
(नेपाली समयः शुक्रवार, मंसीर २४ गते सॉंझ ८.१५ बजे देखि १०.१५ बजे सम्म) हुनेछ।

प्रा. डा. उत्तम गौली
अध्यक्ष, स्टार स्कलर्स नेटवर्क

Email: [email protected]

प्रतिक्रिया