आइतबार, माघ ९ २०७८
काठमाडौं १६:०४
वासिङटन डिसी 05:19

अमेरिकामा पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट १ लाख २० हजार संक्रमित, १,२९८ जनाको मृत्यु

इनेप्लिज २०७८ मंसिर २२ गते १२:१७ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख २० हजार ७१ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार २ सय ९८ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बर ७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २७ प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले डिसेम्बर ८ बुधबारका दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ७ लाख ९० हजार ८२ जनाको निधन भएको छ भने दैनिक औसतमा १३ प्रतिशतले मृत्यु दर वृद्धि भएको छ ।

यसै गरी गत मंगलबारका दिन सम्म कूल ४ करोड ९३ लाख ५६ हजार २ सय ६३ सय जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ६० हजार ७ सय ४७ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा १९ प्रतिसत वृद्धि भएको छ ।

यस्तै ११ लाख ५२ हजार १ सय ६० जनाले कोरोना जाँच गराएका छन् । यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६०.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ७१.२ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८३.५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७१.६ प्रतिशतले लगाई सकेका छन् ।

यसैगरी १२ बर्ष माथिका उमेरकाले ६९.८ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६३.९ प्रतिशत पूर्ण खोप लगाई सकेका छन ।

त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९९.९ प्रतिशत र पूर्ण खोप ८६.६ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म १९ करोड ९६ लाख ८७ हजारलाई पूर्ण खोप दिई सकिएको छ ।

हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )दिनेको संख्या ४ करोड ७० लाख नाघेको छ ।

प्रतिक्रिया