लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ गीत सार्वजनिक (भिडियो सहित )

इनेप्लिज २०७८ मंसिर २२ गते ११:१२ मा प्रकाशित
‘दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर’ हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो।लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ।छोरी स्वयंमा एक शक्ति हो।छोरी भनेको समाजको गहना हुन्।यो संसारको सृष्टिकर्ता नै छोरी हुन्।गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ।
बाबुराम राईको शब्द रचना रहेको ‘छोरी’ मा कल्यान सिंहले संगीत भरेका छन्।नभ ढुङ्गेलको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन्।मोक्षमा भिडियोको पोस्टप्रोडक्सन भएको हो।भिडियोमा भ्यालेन्सिया ब्यान्डका टिएम केसि,पूजा परियार,खुस्बु राणा मगर,दिपा चौधरी र एन्जिला चौधरी रहेका छन्।सार्वजनिक भिडियोलाई टिम भ्यालेन्सियाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ।
भिडियोमा सम्मान स्वरुप देशका केही वरिष्ठ महिला ब्यक्तित्वहरुलाई पनि देखाइएको छ।अनुराधा कोइराला,हिमानी शाह,शृङ्खला खतिवडा,पुष्पा बस्नेत ,गौरिका सिंह ,अस्मिता आले ,मिरा राई ,ममता स्थापित ,रक्षा राणा,शिरिशा महर्जन र सपना मल्ललाई देखाइएको छ।

प्रतिक्रिया