आइतबार, माघ ९ २०७८
काठमाडौं १४:१६
वासिङटन डिसी 03:31

मेरिल्याण्डमा ७३ वर्षीय बुवाको हत्या गरेको आरोपमा ३० बर्षिय छोरा पक्राउ सहित अभियोग

इनेप्लिज २०७८ मंसिर २२ गते ३:०३ मा प्रकाशित

मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा ३० वर्षीय पुरुषले ७३ वर्षीय बुवाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टी प्रहरीले गत शुक्रबार राति आफ्नो बुबाको हत्या गरेको बताएपछि छोरालाई हत्याको आरोप लगाइएको छ।

ल्यानहमका ३० वर्षीय निगेल हर्नान्डेजलाई प्रथम श्रेणी र द्वितीय श्रेणीको हत्या र उनका बुवा ७३ वर्षीय एन्ड्रेस हर्नान्डेजको हत्यामा संलग्न भएकोमा अभियोग लगाइएको प्रहरीले जनाएका छन ।

पिता एन्ड्रेस हर्नान्डेज आफ्नो घर बाहिर बेहोस अवस्थामा फेला परेका थिए । शव परीक्षण (पोस्टमार्टम)को अनुसार उनको मृत्युको कारण धारिलो हतियार र छुरा प्रहारबाट निधन भए पछि अधिकारीहरूले उनको मृत्युलाई हत्याको फैसला गरेका हुन् ।

हत्या कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएका छन ।

प्रिन्स जर्जको काउन्टी प्रहरीका अनुसार हर्नान्डेज हत्या पछि क्षेत्रबाट भागेका थिए । भर्जिनिया राज्य प्रहरीले उनलाई चार्लोट्सभिल, भर्जिनियामा पक्राउ गरि हिरासतमा लिएका थिए ।

हर्नान्डेज अल्बेमारले काउन्टी, भर्जिनियामा हिरासतमा छन् र प्रिन्स जर्जको काउन्टीमा सुपुर्दगीको पर्खाइमा छन भनि डब्लुटिओपिले समाचार लेखेको छ ।

प्रतिक्रिया