आइतबार, माघ ९ २०७८
काठमाडौं १५:५७
वासिङटन डिसी 05:12

भर्जिनिया फेयरफ्याक्समा १८ पाङ्ग्रे सवारी साधन अपहरण गरेको आरोपमा न्यूयोर्कका २ पुरुष दोषी ठहर,आजीवन कैद

इनेप्लिज २०७८ मंसिर २२ गते १:०३ मा प्रकाशित

न्यूयोर्क शहरका दुई जना पुरुषहरूलाई यस वर्षको सुरुमा फेयरफ्याक्स काउन्टीको एक माल बाहक सवारी साधन रोक्ने स्थान १८ पाङ्ग्रे सवारी साधन अपहरण गरेपछि विभिन्न आरोपमा दोषी ठहर गरिएको छ।

१८ पाङ्ग्रे भारवाहक सवारी साधन (ट्याक्टर-ट्रेलर )अपहरण गरेको आरोपमा भर्जिनियाको पूर्वी जिल्लाका लागि अमेरिकी अधिवक्ताका अनुसार, ३० वर्षीय स्टीफन पियर-पल र २६ वर्षीय वेन रिकार्डो टेलरलाई हिंसाको अपराधको सम्बन्धमा जबर्जस्ती गाडी लुटेको ,सशस्त्र डकैती र बन्दुक राखेको अभियोगमा दोषी ठहर गरिएको छ ।

अदालतको अभिलेख (रेकर्ड)ले देखाउँछ कि अप्रिल १ का दिनमा, बिहान ३ :०५ मिनेटमा पियर -पल र टेलरले कालो झ्यालहरू भएको सवारी साधन माउन्ट ज्याक्सनल(शहर)मा रोकेको सवारी साधनामा पुगे। त्यहाँ पुगेपछि, पियर-पल, टेलरले अलाबामाको संख्या भएको एक व्यावसायिक १८ पाङ्ग्रे माल बाहक (ट्र्याक्टर-ट्रेलर ) अपहरण गरे।

अधिकारीहरूले भने कि उनीहरूले बन्दुक देखाएर चालकलाई अपहरण गरे र उसलाई जबरजस्ती आफ्नो गाडीमा लगे। र ,उनीहरुलाई भर्जिनियाको ६६ राजमार्गमा पीडित भार बाहक चालकलाई उद्धार गरी दुई जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।

गत हप्ता फैसला गरिएको छ भने दुवैलाई २०२२ को मार्चमा सजाय सुनाइँदा आजीवन कारागार सजाय हुन्छ भनि एबिसी७ ले समाचार लेखेको छ ।

सह-प्रतिवादी ३७ बर्षिय कर्नेलियस क्रसम्यान र २७ बर्षिय ओडेन बटलर दुबै न्यूयोर्क ब्रुकलिनका हुन् भने षड्यन्त्रमा उनीहरूको भूमिकाको लागि डिसेम्बर १० र जनवरी २१ , २०२२ मा सजाय सुनाइनेछ।

प्रतिक्रिया