मोरङ।भनिन्छ प्रेमको कुनै सीमा हुदैन।यहा देश र भूगोलमा बाँधिएर हामी बसेका छौं।तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुदैन।प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन।यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाई सीमाले छेकेको छैन।मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको।आयुषा विश्वकर्मा नेपाली युवती र जिहाङ नाम गरेका चिनियाँ युवकको यो जोडी निकै सुन्दर छ।उनीहरुको पहिलो भेट जिहाङ नेपाल घुम्न आएको बेला भएको थियो।
भेटपछि फेसबुकमा जोडिएर उनीहरूले कुराकानी गर्न थाले।कुराकानी निकै गहिराईमा पुगेपछि उनीहरुले एकाअर्कालाई प्रेम प्रस्ताव राखे र केही समयअघि उनीहरुले मन्दिरमा विवाह गरेका थिए।नेपाली पराम्पराअनुसार उनीहरु भोली विवाह गर्दैछन्।आज हामी उनीहरुको विवाह कसरी हुदैछ भन्ने बारेमा जानकारी दिनका लागि रंगेलीमा आइपुगेका छौं।र,विवाहका बारेमा भोलीकी बेहुली आयुषा विश्वकर्मा र बेहुला जिहाङसग छोटो कुराकानी गरेका छौं।
प्रतिक्रिया