आइतबार, माघ ९ २०७८
काठमाडौं १४:५५
वासिङटन डिसी 04:10

शेर्पा संघ अमेरिकाद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण !

इनेप्लिज २०७८ मंसिर २१ गते २२:४६ मा प्रकाशित

नेपालको सिन्धुपाल्चोक जिल्ला भोटेकोशी घर भैं हाल न्युयोर्क राज्यको डचेस काउन्टीमा काम गरी रहनुभएको वाङ्दी शेर्पाको राती सुती रहेको बखत आगलागीमा परी दुखद निधन भएको हुँदा शेर्पा संघ अमेरिकाले आन्तरिक रुपमा जुटाएको आर्थिक सहयोग $२१४४ (दुई हज्जार,एक सय चौवालिस डलर) नेपालबाट आउनु भएकी मृतकको आमा श्रीमती छेवी शेर्पालाई शेर्पा संघ अमेरिकाको अध्यक्ष आङ जाङ्बु शेर्पाले सिन्धु समाजको बरिष्ठ उपाध्यक्ष श्रीमती लक्ष्मी शेर्पाको उपस्थितिमा हस्तान्तरण गर्नु भयो।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा शेर्पा संघ अमेरिकाका सस्थापक अध्यक्ष निमा शेर्पा,बरिष्ठ उपाध्यक्ष एपी लामा,सचिब गिर्मे शेर्पा लामा,बोर्ड अफ डाईरेक्टर सबिन शेर्पा,संरक्षक सदस्य आङ छिरिङ्ग शेर्पा (अध्यक्ष एनआरएन न्युयोर्क) लगायतको उपस्थिति रहनु भएको थियो।

प्रतिक्रिया