पूर्व मुख्यसचिव लिलामणि पौड्याल सरसँग २०५० सालतिर रक्षा लेखा नियन्त्रकको कार्यालयमा संगै बसेर काम गर्दा कहिले काही मैले बालकविता बालकथा लेखेर देखाउदथे।उहाँले मेरो कथा कविता मन पराउनु हुन्थ्यो।लेख्न कहिल्यै नछोड्नु लेख्दै जानु भन्ने गर्नुहुन्थ्यो।पूर्व सचिव युवराज भुसाल सरसंग भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा २०६२ सालमा ६ महिना जति संगै बसेर काम गर्दा बेला बेलामा आफूले लेखेको कविता लघुकथा देखाउने गर्दथे।भुसाल सरको बुबाको नाममा निस्केको कविराज भुसाल स्मृति ग्रन्थको नेपाल राष्ट्र बैंकको बैंकर्स क्लब थापाथलीमा शनिबारको दिनमा विमोचन हुंदा म पनि पुगेको थिए।स्मृति ग्रन्थ एकप्रति मैले पनि लिएको थिए।कविराज भुसाल स्मृति ग्रन्थको समीक्षा लेखेर शब्दाङ्कुर मासिक पत्रिकामा प्रकाशित गरेपछि भुसाल सरलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा लगेर दिदा खुसी मानेर मलाई धन्यवाद दिनु भएको थियो।
पूर्व मुख्यसचिव भोजराज घिमिरेसरको अन्तर्वार्ता मैले एकपटक रेडियोनेपालमा अफिस जानुभन्दा अगाडि बिहान सुनेको थिए अन्तर्वार्ता ईश्वर थापाले लिनु भएको थियो।अन्तर्वार्ता सुनेपछि उहाँ पनि साहित्यकार तथा गीतकार हुनुहुदो रहेछ भनेर थाहा पाउन सके।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर उहाँसंग भेटेर उहाँको गजलसङ्ग्रह लिएर शब्दाङ्कुर मासिक पत्रिकामा प्रकाशित भएपछि पत्रिका अर्को दिन लगेर उहाँलाई दिए।
मदन पुरस्कार पाएको कृतिहरुमा युवराज नयाँघरेको एकहातको तालीको,अमर न्यौपानेको सेतो धर्तीको,झमक घिमिरेको जीवन काँडा कि फूलको र राधा पौडेलको खलंगामा हमलाको कृतिहरु पढेर समीक्षा लेखेर कपन बानेश्वर, प्रतिनिधि द्वैमासिक,लोकभावना र अभिनव साहित्यिक पत्रिकामा प्रकाशित गरेको थिए।युवराज नयाँघरेले भोटाहिटीमा बोलाउनु भएर मदन पुरस्कार पाएको सङ्ग्रह मलाई दिनु भएको थियो भने अमर न्यौपानेको र झमक घिमिरेको लोक सेवा आयोगमा छदा पुस्तकालयबाट घरमा लगेर पढेर समीक्षा लेखेको साथै राधा पौडेलको कृति भोटाहिटीमा किनेर पढेर समीक्षा लेखिदिएको थिए।झमक घिमिरेलाई पूर्व मन्त्राी गोकर्ण बिष्टले नगद पुरस्कार सहित सम्मान गर्दा नेपाल प्रज्ञा प्रतिष्ठानमा म र संगै काम गर्ने अञ्जना तिमल्सीना बहिनी संगै प्रज्ञा भवनमा गएका थियौ र समीक्षा प्रकाशित भएको अभिनव साहित्यिक अर्धवार्षिक पत्रिका झमक घिमिरेको हातमा दिन पाएको थिए । झमक घिमिरे हाँसेर मख्ख परेकी थिइन् भने उनको आमाले पनि हाँस्दै मलाई नमस्कार गर्नुभएको थियो।
साहित्यकार मित्रहरु इन्द्रकुमार श्रेष्ठ सरित्,कृष्ण शाह यात्री,सानुराजा श्रेष्ठ अन्जान,रामेश्वर राउत मातृदास,व्याकुल पाठक,दामोदर पुडासैनी किशोर दाजु, देवेन्द्र अर्याल आँसु,बिमला तुम्खेवा ज्ञानेन्दं विवशसंग पहिला निकै भेट र फोनमा कुराकानी हुने गर्दथ्यो हिजोआज हुन सकेको छैन।अहिले कोही पत्रमित्र साथीहरुसंग फेसबुकमा साथी बनेको छु।कोही कोहीसंग फोनमा कुराकानी पनि हुने गर्दछ।अहिले पनि शिवपुरी सन्देश,कलश,शब्द संयोजन,शब्दाङ्कुर, रचना,अभिव्यक्ति,दायित्व,लोक भावना,संसाक,हाम्रो मातृभूमि,नवप्रज्ञापन, जनमत,समीरण,कालिको सुसेली,नवमधुरिमा,समुदाय र सृजना,नारी स्वर, हाम्रो मझेरी,मुना शारदा,शाल्मली,रुपायन,बनिता,कल्पतरु,चेतना सन्देश, मधुपर्क, लहरा,बिमोचन,प्रतिनिधि,महामण्डल पटकन,अक्षलोक,हाम्रो पुरुषार्थ,युगान्तर, लगायत विभिन्न साहित्यिक पत्रिकाहरुमा मेरा रचनाहरु प्रकाशित भैरहन्छन् । कवि दिपक सापकोटा सौर्य दैनिकमा काम गर्नु हुंदा मैले बेला बेलामा लघुकथा र कविता लगेर दिन्थे इमेल गरेर पनि पठाइरहन्थे तर उहाँले मेरो कुनै पनि रचना प्रकाशित गरिदिनु भएन।मैले उहाँको अन्तर्वार्ता चाहिँ पूर्ण मासिक र विमोचन मासिक पत्रिकामा लिएर प्रकाशित गरे।उहाँको लोकेशन निबन्ध सङ्ग्रह अनामनगरमा अरुसंगै लिएर समीक्षा लेखेर दायित्व पत्रिकामा प्रकाशित पनि गरे। रेडियोनेपालको बिम्ब प्रतिबिम्ब कार्यक्रम चलाउनु हुने रमेश पौडेलसंग उहाँको सङ्ग्रह माग्न जाँदा दिन मान्नुु भएन।पुतलीसडकतिर किन्न पाइन्छ नि भन्नु भयो। अहिलेसम्म करिब छसय जति कृतिहरुको समीक्षा लेखेर विभिन्न पत्रिकामा मैले प्रकाशित गरे।२०७७ फागुन ४ गते बसन्त पञ्चमी सरस्वती पूजाको दिनमा साहित्यकार द्वय उमेश पाण्डे र तारा के.सी.ले गोंगबु नजिकै बिहान ९.०० बजे निमन्त्रणा गर्नु भएको थियो सम्मान गर्नको लागि कोभिड १९ को डरले गर्दा पुग्न सकिन म । कोभिड १९ सकिएपछि मलाई सम्मान गर्नु होला नि म अवश्य आउनेछु मैले भने।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
[email protected]
9889082501
प्रतिक्रिया