आइतबार, माघ ९ २०७८
काठमाडौं १४:११
वासिङटन डिसी 03:26

केन्टकी डर्बी विजेता मेडिना स्पिरिट नामक घोडाको तालिमको क्रममा मृत्यु

इनेप्लिज २०७८ मंसिर २१ गते १२:२२ मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यमा हुने प्रसिद्ध घोडा प्रतियोगितामा बिजयी गराउने घोडाको हृदयघातबाट निधन भएको छ । केन्टकी डर्बी विजेता मेडिना स्पिरिटको गत सोमबार दक्षिणी क्यालिफोर्नियाको सान्ता अनिटा उद्यानमा तालिमको क्रममा दौड मैदानमा मृत्यु भएको क्यालिफोर्निया घोडा दौड समितिले जनाएको छ ।

मेडिना स्पिरिट दौडको अन्तिम सीमारेखाको नजिकै लडेको र तुरुन्तै मृत्यु भएको भनि सिएनएनले समाचार लेखेको छ ।

नियमित बिहानको कसरत पूरा गरेपछि, सान्ता अनिटा उद्यानमा मेडिना स्पिरिट दौडमैदानमा खसे र अचानक हृदयघातको कारण मृत्यु भयो भनि बिज्ञप्तिमा समेत उल्लेख गरिएको छ।

प्रशिक्षक बब बाफर्टले पनि मेडिना स्पिरिटको मृत्यु भएको पुष्टि गरे। जसले भने कि ३ वर्षीय बिजेता (च्याम्पियन )घोडाको बछेडा कसरत पछि “हृदयघात” बाट मर्यो भनि आस्चर्यमा पनि परेका छन् ।

परीक्षणहरू क्यालिफोर्निया विश्वविद्यालय डेभिसले गर्ने भएको छ ।

प्रतिक्रिया