प्रधानन्यायाधीश जबराको राजीनामाबारे छलफल गर्न बारको टोली बालकोटमा

इनेप्लिज २०७८ मंसिर २१ गते ११:२४ मा प्रकाशित

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोशिएसनको टोली आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेको छ।

प्रधानन्यायाधीशको राजीनामा बारे छलफल गर्न नेपाल बारका उपाध्यक्ष, महासचिव लिलामणी पौडेल,कोषाध्यक्ष रुद्र पोखरेल,पाँच जना सदस्यहरू,पूर्वअध्यक्षहरू शम्भु थापा,पूर्वमहासचिव रमण श्रेष्ठलगायत बालकोट पुगेका हुन्।

सर्वोच्च अदालतका सबै न्यायाधीशलाई संसदीय समितिमा बोलाएर कुरा सुनिदिने वातावरण बनाउन बारको टोलीले ओलीसँग माग गरेका छन्।छलफलका क्रममा बरिष्ठ अधिवक्ता शम्भू थापाले भने अदालतमा अति भएको छ।प्रधानन्यायाधीशलाई देउता, इश्वर मान भनेर सबै दलले भने पनि हामी मान्ने अवस्थामा छैनौं,थापाले भने।उनले प्रधानन्यायाधीश र न्यायाधीशबारे संसदीय समितिहरूमा छलफल चलाउनका लागि पनि प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन्।यो विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई ल्याएर संसदीय समितिमा छलफल चलाइयोस् उनले भने जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले कात्तिक दोस्रो सातादेखि सर्वोच्च अदालतमा विरोध गर्दै आएको छ।

जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले कात्तिक दोस्रो सातादेखि सर्वोच्च अदालतमा विरोध गर्दै आएको छ।

प्रतिक्रिया