नेता गिरिद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा

इनेप्लिज २०७८ मंसिर २१ गते ११:१३ मा प्रकाशित

काठमाडौं।बाजुराका लोकप्रिय नेता जनकराज गिरीले केन्द्रीय सदस्य पदमा उम्मेद्वारीको घोषणा गरेका छन्।दुर्गम हिमाली जिल्ला बाजुराको विकासवादी र लोकप्रिय छवि बनाएका नेता गिरिले कांग्रेसको आशन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा गरेका हुन्।

पूर्वभूमि सुधार सहायक मन्त्री समेत रहेका गिरीले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने बताए।केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बाजुरा जिल्लाबाट अत्यधिक मत प्राप्त गरि विजयी हासिल गरेका गिरिलाई युवा प्रतिनिधिहरुको पनि समर्थन देखिएको छ।मंसिर २४ गते काठमाडौंको भृकुटी मण्डपमा पार्टीको १४ औं महाधिवेसनको भव्य उद्घाटन हुँदैछ।

त्यसपछि २५ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने २६ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।

प्रतिक्रिया