आइतबार, माघ ९ २०७८
काठमाडौं १५:५२
वासिङटन डिसी 05:07

भर्जिनिया राज्य बिश्वबिद्यालयका विद्यार्थीलाई बिश्वबिद्यालय परिसर नजिक गोली हानी हत्या

इनेप्लिज २०७८ मंसिर २१ गते २:३१ मा प्रकाशित

भर्जिनिया स्टेट युनिभर्सिटी(राज्य बिश्वबिद्यालय)का विद्यार्थीलाई बिश्वबिद्यालय परिसर नजिक गोली हानी हत्या गरिएको छ । पीडितकी आमाले उनका छोरा बिश्वबिद्यालयमासंगै बस्ने पूर्व कक्षा साथीसंग भेट गर्ने क्रममै उनीलाई गोली हानिएको बताइन्।

भर्जिनिया स्टेट युनिभर्सिटीमा अध्यनरत १९ वर्षीय दोश्रो बर्षका छात्रलाई आइतबार गोली हानी हत्या गरिएको चेस्टरफिल्ड काउन्टी प्रहरी र परिवारले पुष्टि गरे।

सुसाङ्ख्य अभियन्त्रणा( कम्प्यूटर इन्जिनियरिङ् )मुख्य बिषय लिएर अध्ययन गर्ने ड्यानियल व्हार्टन विश्वविद्यालय परिसर वरपर एक पूर्व संगै बस्ने साथीसंग उनको आवासगृह (अपार्टमेन्ट)मा गएका थिए त्यति खेर गोली चल्यो ,व्हार्टनकी आमाले बताइन्।

उनले हेफिल्ड माध्यमिक बिद्यालयबाट १२ कक्षा सकेका थिए । र साइबर (संजाल )सुरक्षामा आफ्नो जीवन-यात्रा बनाइरहेको ,उनकी आमाले बताइन ।

प्रहरी राती ८ बजे एट्रिक स्थित बिश्वबिद्यालय(युनिभर्सिटी अपार्टमेन्ट)मा आइपुगेका थिए । बन्दुकको गोली लागेका वार्टनलाई स्थानीय अस्पताल पुर्याएपछि उनको मृत्यु भएको हो भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।

यो दुखद खबरले हामी स्तब्ध र गहिरो दुःखी छौं भीएसयु अध्यक्ष, माकोला अब्दुल्लाले व्हार्टनको मृत्युको पुष्टि गर्दै बिधुतिय डाक (इमेल)मा लेखे। “बन्दुकको हिंसाका कारण यस्तो युवाको जीवन गुम्नु सबैभन्दा गाह्रो र पीडादायी छ। यो शब्दको सबै अर्थमा एक त्रासदी हो। र ,उनले पीडित परिवारजन प्रति समबेदना दिएका छन् ।

अब्दुल्लाहले वीएसयू प्रहरीले गोलाबारीलाई पृथक घटना भएको विश्वास गरेको बताए। चेस्टरफिल्ड काउन्टी प्रहरीका अनुसार अनुसन्धान जारी छ।

प्रतिक्रिया