आइतबार, माघ ९ २०७८
काठमाडौं १४:५३
वासिङटन डिसी 04:08

रिपब्लिकनका अमेरिकी सांसद डेभिन नुनेस कंग्रेस छोडेर ट्रम्पको संचार घरको प्रमुख कार्यकारी अधिकारी बन्दै

इनेप्लिज २०७८ मंसिर २१ गते ०:३४ मा प्रकाशित

 

क्यालिफोर्नियाका रिपब्लिकनका अमेरिकी सांसद डेभिन नुनेसले सोमबार कंग्रेस छोड्ने र उनी आगामी हप्ताहरूमा ट्रम्प संचार गृह तथा प्रविधि समूहको प्रमुख कार्यकारी अधिकारी (सीईओ)हुने भएकोले प्रतिनिधि सभा छोड्ने जनाएका छन् । उनले सोमबार डिसेम्बर ६ का दिन घोषणा गरेका छन् ।

नुनेसले यस वर्षको अन्त्यसम्ममा कांग्रेस छाड्ने बताएका छन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ । “मैले यो अवसरलाई पछ्याउने निर्णय गरेको छु, र यसैले म २०२१ को अन्त्यमा प्रतिनिधि सभा छोड्दैछु,” नुनेसले आफ्ना निर्वाचन क्षेत्रहरूलाई लेखेको पत्रमा भने।

उनको वक्तब्यको केही क्षण पछि, ट्रम्प मिडिया र टेक्नोलोजी(ट्रम्प संचार घर तथा प्रविधि) समूहले नुनेस यसको प्रमुख कार्यकारी अधिकारी हुनेछन् भनी आफ्नै घोषणा गरे।

अर्को वर्षको मध्यमा हुने चुनाव अगाडि जिल्ला क्षेत्र हेरफेर (रि डिस्ट्रिकिङ्ग )गरेर थप डेमोक्रयाटिक जिल्लाको खतराको सामना गर्ने नुनेस पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकका कट्टर समर्थक र सहयोगी हुन्।

उनले यसअघि रिपब्लिकनको बहुमत भएको समयमा हाउस इन्टेलिजेन्स कमिटी(प्रज्ञा/गुप्तचर समिति )को सभापतिको रूपमा काम गरेका थिए ।

उक्त अवधिमा उनले एफबीआईको रूस अनुसन्धान र विशेष सल्लाहकार रोबर्ट मुलरको अनुसन्धानलाई बदनाम गर्न ट्रम्पका सहयोगीहरू बीचको प्रयासको नेतृत्व गरे।

नुनेस ट्रम्पको पहिलो महाभियोगको समयमा ट्रम्पका वकालत गर्ने सशक्त रक्षक पनि थिए, र तत्कालीन राष्ट्रपतिले जनवरीमा नुनेसलाई स्वतन्त्रता पदक समेत प्रदान गरेका थिए ।

ट्रम्पले संचार घर समूहको वक्तब्यमा नुनेसको प्रशंसा गर्दै उनलाई “एक लडाकु र नेता” भनि उल्लेख गरेका छन् ।

“उनी टिएमटिजीको उत्कृष्ट सीईओ (प्रमुख कार्यकारी अधिकारी बन्नेछन्,” ट्रम्पले भने।

प्रतिक्रिया