“छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८” अन्तर्गत सवाई लाेक छन्द मा टुक्का लेखन अभ्यास सम्पन्न !

इनेप्लिज २०७८ मंसिर २१ गते ०:१५ मा प्रकाशित

काठमाडाैं,टुक्का साहित्य समाज काे आयाेजनामा मिति २०७८ मङ्सिर १५ गते बुधबार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८” अन्तर्गत सवाई लाेक छन्द मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ।

टुक्का साहित्य समाजका अध्यक्ष तथा प्रशिक्षक ताराप्रसाद चापागाईंकाे संयाेजकत्वमा सन्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ४९ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे।

अध्यक्ष/प्रशिक्षक चापागाईंले दुई हरफमा पूर्ण हुने छाेटाे,मिठाे र चाेटिलाे नव लघुत्तम प्रविधा टुक्का लाई छन्दमा लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सन्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिएकाे बताउनु भयाे।

अभ्यासका क्रममा सङ्कलन भएका टुक्काहरूका भाषिक शुद्धता चेक गरि सम्पादन कार्य समाजकी सचिव विमुन्स पाैडेलले गर्नु गर्नु भएकाे थियाे।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/प्रशिक्षक चापागाईं तथा सचिव पाैडेलले उत्साह पूर्वक सहभागी भई सवाई लोक छन्दमा टुक्काहरू श्रृजना गरिएकाेमा सम्पूर्ण सर्जकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयाे।

आक्षरिक छन्द अर्थात लोक छन्द अन्तर्गतको सवाई छन्द
~ यस छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ यस छन्दमा जम्मा १४ अक्षर हुन्छन्।
~ ८ अक्षरमा विश्राम हुन्छ।
~ सूत्र ४+४,४+२=१४ अक्षर

अभ्यासका क्रममा सङ्कलन गरिएका सवाई लाेक छन्दका टुक्काहरू

[१]
आँसु पनि जल जस्तै कति सस्ताे भयाे,
हाँसी खुसी बाँच्छु भन्दा रुदै दिन गयाे।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[२]
आँशु हाँसो रोदन यी जीवनका सार,
चक्रवत घुमिराख्ने अहो बार बार।
✍️ रामजी लामिछाने
पाेखरा

[३]
हामीलाई भनेपछि जीवनमा आयो,
समुधुर भाषाहरू गीतलाई गायो।

हामी एक्लै भएपछि सङ्घर्षले टुट्छौ,
निरन्तर सङ्घर्षको मैदानमा जुट्छौ।
✍️ सुरेशकुमार पान्डे
दाङ्ग

[४]
१.
पानाभरि गाना लेखेँ सम्झिएर मैले,
भाँडाकुटी लुकीछिपी खेल्ने गर्थ्यौँ पैले।
२.
जिन्दगीको गोरेटोमा चोट मिल्यो किन,
सङ्घर्षले पहाडमा चढ्छु दिनदिन।
✍️ पौडेल विमुन्स 💕

[५]
कवि बन्न कविता? चाकडी लेखे हुन्छ
नेपालमा न्याय पैसा बिटो फेकें सुन्छ।
✍️ गृष्मा पाैडेल
टाेकियाे,जापान ।

[६]

अरिङ्गाल पाल्न भनी मौरी मार्नेहरू
तिमी नै हौ कलङ्कित कोही हैन अरू।

बेच्यौ लैनो माली गाई गधा पाल्न थाल्यौ
कूटनीतिको यो कस्तो नयाँ चाल चाल्यौ ?

कंश अनि रावणले जोड्यौ राता गाला
लगाएछौ गलाभरि काउछाको माला।
✍️ श्रीकृष्ण शर्मा,पोखरा

[७]
१.
दु:ख छ र जिन्दगीमा,छ सुखको मोल,
सुखमात्र भए जीवन लाग्छ त्यो झोल।
२.
आँधीसँग लड्नुपर्छ, संसारमा बाँच्न,
कम्ता गाह्रो छैन हजुर, जिन्दगी साँच्न।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४,दाङ

[८]
१.
शून्यतामा हराएर उदासीयाे मन,
कापिरह्याे शरीर याे दुःखीरह्याे तन।
२.
झापा मेराे जन्म थलाे माेरङ हाे घर ,
असत्यकाे खेती गर्ने सँग छैन डर।
✍️ भावना मन्जु
माेरङ्ग

[९]
१.
जिन्दगीमा धोकैधोका भए पनि कतै
नसुनाऊ सबैलाई यता – त्यता जतै।
२.
गल्ती गरे प्रियलाई माफ गरि दिनु
क्षमा दिनु ठूलो कुरा भनी बुझी लिनु।
✍️ परिक्रमा श्रेष्ठ
धरान

[१०]
दूर पुग्छ शून्यतामा केही खोजी आँखा
उन्कै गीत गाऊँ भन्छ डुल्दै भीर पाखा।
✍️ रचना शर्मा प्रतीक्षा,ललितपुर ।

[११]
१.
सपनीमा ,देख्छु सधैँ ,धुरु धुरु रोको,
खाको छौकि,त्यसै बस्छौ,दिन रात भोको।
२.
दुखियाको,जतापनि,दुःखनैछ कर्म,
गरिबीको,तुसारोछ,कस्ले बुझ्छ मर्म?
✍️ दुर्गा आचार्य
मोरङ

[१२]
१.
बोली मिठो सम्झना ले सताउँछ खाली
आशा मात्रै देखाउने  मन सारै जाली।
२.
मीठा  मीठा सपना ती बाढेकाछन् साथी
काँध हाम्रो चढी तिमी पुग्यौ निकै माथि।
३.
हामी सारै सोझा मान्छे विश्वास त्यो गर्ने
जाली फटा नकचरा माथि भर पर्ने।
✍️ सूर्यमणि रेग्मी
चितवन

[१३]
१.
पाए दु:ख पीडा धेरै,छैन अब आस,
एकदिन यो शरीर,हुन्छ पक्कै लास।
२.
देशका निम्ति संघर्ष,गर्नुपरे गर्ने,
छैन दुनियाँको डर, अघि हामी सर्ने।
✍️ बिक्रम तिरुवा सलिन
तिला गाउँपालिका ३ कुडारी
जुम्ला,कर्णाली प्रदेश नेपाल

[१४]
१.
आँखाबाट आँशु झरे,पुछिदिने कस्ले
मन मुटु भित्र बसी,बुझिदिन्छ जस्ले।
२.
आँखा मात्रै जुधिरहे,वाक्य पूरै बस्यो,
छेऊ आई हात तानी,अङ्गालोमा कस्यो।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल-प्रवास

[१५]
१.
माया मीठो कर्मशील,ताली पड्के झन
उस्को भन्दा बढी देन,दिए खुशी मन।
२.
भन्छन् सबै  उस्ले भन्दा मैले माया गर्छुँ,
त्यही कुरा गला लाग्ने,अनि छक्क पर्छु।
✍️ मनोहरी पौडेल
गैडाकोट,१नवलपुर

[१६]
१.
घरि घरी आईदिन्छौ मिठो माया दिन
अकस्मात विपरित भईदिन्छौ किन?
२.
चारैतिर खोजीहेरेंँ भेट्छुकित भनि
आउँदैन ऋतुबिना फल फूल पनि।
३.
विरह छ  मुटुभरि  सुन्ने कोही  छैन
आँशु बगी  भिज्यो गह  देख्ने कोही  हैन।
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम (भारत)

[१७]
१.
सिर्जनाका टुक्का भित्र छरिएका पाना ,
सँगालेर लेख्न जाने भविष्यको गाना।
२.
जीवन यो सृष्टि भित्र घुमिरने सार ,
कुमालेको चक्रजस्तै घुम्छ बार बार।
✍️ बेदु न्यौपाने,काठमाडौ

[१८]
१.
हिमालको छायाँमुनि तिम्रो हाम्रो वास,
स्वर्गसरि मातृभूमि आनन्दको रास।
२.
जडिबुटी पशुपंक्षी साग-सब्जी,धान,
प्राकृतिक विविधता यही हाम्रो शान।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[१९]
१.
सम्झिएर मन पनि हुन्छ कस्तो कस्तो
जिन्दगानी भयो आज बालुखानी सस्तो।
२.
न मरेर जान  सकेँ  न गरेर खान
दैवले नि सकेन है मलाई त लान।
✍️ ललिता अभागी
सुनकोशी ५ सिन्धुली

[२०]
१.
आमा तिम्ले पकाएको हुन्छ स्वादै मीठाे,
मिहिनेत्ले फलाएकाे मकै काेदाे पीठाे।
२.
हिमालमा पग्लिएर झरझर खाेला,
स्वर्ग भन्ने ठाउँ भए यहीँ मात्रै हाेला।
✍️ रामकृष्ण दुवाडी,पाेखरा ।

[२१]
१.
मायालुको मीठो याद बल्झिदिन्छ कसै,
सिरिरिरी हावा चल्छ बिहानीमा जसै।
२.
आँशु झारे पाप लाग्ला धुने केले होला
झार्नु हुन्न धेरै आँशु बनिजान्छ खोला।
✍️ दिपक ठटाल जलन
खरसाङ्ग,दार्जीलिङ्ग

[२२]
१.
रोई रोई बसेका छौ साउदीमा भाई
फर्कीआउ आफ्नैदेश बसौँला रमाई।
२.
नेपालका नेपालीहो जाग अब जुट
जोगाउनु पर्यो देश न गरे है फुट।
✍️ ईशहाक हुसैन
सिमरा,बारा

[२३]

माइतीमा दिदिभाइ,सबैजम्मा भई,
रमाइलो~ गर्नुपर्छ,~हामीहरू गई।

दाजुभाइ ~परदेशी,~चारैतिर गई,
आमाबाबा घरतिरै,एक्लाएक्लै भई।
✍️ शाेभा अर्याल
बुटवल रुपन्देही

[२४]
१,
तिमी कहाँ  जान्छ्यौ प्यारी फर्की छिट्टै आऊ,
मेरो मुटू भित्र भित्रै नबनाऊ  घाउ।
२,
बाचुन्जेल  काट्न पर्छ   मिलीजुली  हामी,
मरिहाले  कोही हुन्न   हामीदुई   को मलामी।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

[२५]
१.
जिन्दगीको दौडानमा दु:ख पाँए पैले
किन त्यति पिडा होला सोची रा’छु ऐले  ।
२.
दु:खै मात्रै किन हुन्छ जति गर्दा पनि
आसै आसमा गएछन् मेरा  दिन गनी।
✍️ दुर्गा भट्टराई
मोरङ।

[२६]
१.
मायालुको बोली मीठो,सुनिरहुँ लाग्ने
एकैशब्द सुन्दा पनि,पिरव्यथा भाग्ने ।
२.
फुलजस्तो मायालुको,फुलजस्तो हाँसो
दुनियाँको किन हुन्छ,यतिधेरै चासो ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४झापा

[२७]
पहाडको  गाउँतिर  रमाइलो   मेला
लेकबेँसी खुशीयाली मनाएको बेला।
✍️ गुणनिधि घिमिरे

[२७]
सुन सुन जन मन कस्ताे थियाे देश,
नयाँ जाेगी आए सेतै फुलाए है केश।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर

[२९]
१.
मायालुको बोली सुन्दा दुःख पीडा भाग्छ
आज भोलि किन किन धेरै माया लाग्छ।
२.
गाउँ घर सबै तिर चलेको छ हल्ला
लुकी लुकी सधैँ भरि कसरी पो चल्ला।
✍️ सरस्वती श्रेष्ठ, इटहरी

[३०]
१.
जिन्दगीमा खुशी किन्न पाए हुन्थ्यो बरु
संसारमा मैले जति रुने  छैनन्  अरू।
२.
सफलता हुन्न किन जति दुःख गरे
जीवनका खुशी जति सबै पारि तरे।
✍️ तारा घिमिरे,संखुवासभा

[३१]
१•
गल्ती केही नगर्दा नि गाली दिई हाल्ने,
डाँडो खोलो हल्लाएर कराउन थाल्ने।
२•
दुनियाँमा यस्ता पनि मान्छे देखें मैले,
सानो छँदा झिँगा बस्ने हिरो बने ऐले।
✍️ घनश्याम पौडेल,पोखरा

[३२]

छोरी टाढा भई आमा  सेवा गर्ने  वेला
सँगै बसी तिमीसँग गर्न पाए  सेवा।

बुढेसकालमा आश्रमको भर हुँदा
सन्तान सम्झी धरधरी  त्यो मन रूँदा ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न.पा .३

[३३]
१.
आजभोलि मायाँ पनि बिक्ने वस्तु भयो
बिना अर्थ माँया व्यर्थ नाता टाढा गयो।
२.
माँया पनि माया भयो मोहरुपी शक्ति
समयले कुल्ची हिड्यो आमा बाको भक्ति।
✍️ मित्र कुमार आचार्य,काठमाडौं।

[३४]

नयाँ नौलो चीजबीज हेर्न जन भाग्छ,
संसारमा सबैतिर घुम्न मन लाग्छ।

ईश्वरको भक्ति गर्दै मन्दिरमा जाने,
नेपालका तीर्थस्थल घुम्नलाई छाने।
✍️ भगवती दवाडी
दमक,झापा

[३५]
१.
कलकल बग्नेपानी तलतल सुक्छ,
पैलादेखि लाकोमाया मुटुभित्र‌ लुक्छ।
२.
गाउँगाउँ बस्तीबस्ती तिम्रोहाम्रो मस्ती,
शहरको रमझम्मा ऐलेभयौ कस्ती!?
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी

[३६]

मैले प्रिय तिमीलाई आऊ भन्दा भन्दै,
दिन बिते हेरी बाटाे दिन गन्दा गन्दै।

कहाँ गयाै कता भुल्याै खाेजाैँ कता तिर,
मेटिएन केही गरी मनकाे याे पिर।
✍️ शान्ती याक्साे वन

[३७]
तिमीलाई नदेखेमा आँखा हुन्छ चिसो
सँगै बस्न पाएहुन्यो लगाएर लिसो।
✍️ रामशरण न्याैपाने

[३८]
मन भयो सुनाखरी फुल्ने होला कैले!
तिम्रो बाटो सँधै हेर्छु साँझ पख जैले।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार,भक्तपुर

[३९]
१.
यता उता जता पनि हेरे किन होला ?
सानो ठूलो उँच निच जात मान्छे चोला।
२.
मान्छे सबै एकै भए किन खोज्नु जात ,
आऊ सगैँ उठौँ बसौँ गरौँ मीठो बात ।
✍️ कर्ण दयाल
मेलौली ७,बैतडी

[४०]
१.
जलाएर मेरो मुटु,नदी पारी गयौ,
छट्पटिएँ धेरै बेर,झनै खुशी भयौ।
२.
वर्षौं देखि पाल्या रैछौ,मन भित्र मैलो,
सत्य राम राम हरे।टेक्दिन म  दैलो ।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी,ललितपुर

[४१]
१.
सूर्यलाई औँशी दिनु चन्द्रलाई जुून
दुःख ढाक्ने मेरो जुक्ति कस्तो छ यो सुन।
२.
चुट्न सम्म चुट्छ किन शहरले म झैँ
पसिनाको मूल्य रैछ बगरमा अझै।
✍️ अमृत भट्टराई
मोरङ,हाल काठमाडौं

[४२]
दुई टुक्रा छुट्टिएछ जिन्दगीकाे पाटाे,
आफन्तको बीच त्यसै अाएकाे छ फाटाे।
✍️ रिना याेल्माे
दार्जिलिङ्ग

[४३]
आशा थियो नेपालमा बसी केही गर्ने ,
वाध्य भइ दुःख मान्दै विदेशिनु पर्ने।
✍️ रामकृष्ण रिजाल
बा न पा १३ बाग्लुङ

[४४]
१.
बिहानीको उज्यालोमा सिकिएको कुरा
किनी दिन्छु रातो सारी अनी रातो चुरा।
२.
माया गर्ने मुटु भए टाढा किन खोज्थे
अरू सबै राम्री भए तिमी किन रोज्थे।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४
जुम्ला

[४५]
१.
पिरो छ कि अमिलो छ,यो अचार चाखौँ,
अजम्मरी मायाँ  हाम्रो,छातिभित्र राखौँ।
२.
बादलुको  डल्लाभित्र,  हराएछ घाम,
अब साँझ पर्न लाग्यो,छिट्टै घर जाम।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा

[४६]

गरिखाने खेतबारी बाँझो सबै भयो,
अन्नपात उब्जाउने ईच्छा मात्रै गयो।

वारीपारी चारै दिशा पानी पर्यो रुझेँ,
मनभरि  गुम्सिएका कुरा बल्ल बुझेँ।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३ काभ्रे।

[४७]
१.
मन मिल्ने छानीवरी हामी मायाँ लाऊँ
हामी दुई  उमेरमै  फल चाखी खाऊँ ।
२.
तिम्रो बानी व्यवहार धेरै राम्रेा लाग्यो
त्यस्ले गर्दा तिमीसङ्ग बस्ने तृष्णा जाग्यो।
✍️ पवन कुमार बुढाथेाकी
चेाभार चारघरे ,काठमाडाैँ।

[४८]

आऊ तिमी सँगै बसी बार्तालाप गरौंँ
सम्बन्धको बाटो भरी अपनत्व छरौेेँ ।

देखाएर पुरुषार्थ कर्म गरे राम्रो
सांँचो मिल्छ सफलता जीवनमा हाम्रो ।
✍️ त्रिलोचन भण्डारी
मेची नगर झापा

[४९]
१.
अमृत नि विष हुन्छ शङ्का गरि पिए,
साथी बन्छ ढुङ्गा पनि विश्वासमा लिए।
२.
सुखलाई सङ्गालेर दुख भुल्नु पर्छ,
चाेखाे माया प्रति अघि दुनियाँ के गर्छ ?
✍️ सुमिना तिमल्सिना
भक्तपुर।

🇳🇵 जय टुक्का! जय साहित्य!! 🇳🇵

प्रतिक्रिया