आइतबार, माघ ९ २०७८
काठमाडौं १६:०३
वासिङटन डिसी 05:18

मिजौरीमा नारायण गोपाल साॅगीतिक सॅाझ बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

इनेप्लिज २०७८ मंसिर २० गते २३:१५ मा प्रकाशित

मिजौरीमा नारायण गोपाल साॅगीतिक सॅाझ बिशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा सम्पन्न भएको छ ।

अन्तरास्ट्रिय नेपाली साहित्य समाज – मिजौरी च्याप्टरले “नेपाली भाषाको जगेर्ना र नेपाल र नेपालीको पहीचान बचाउने “ उदेश्यले हरेक बर्ष बिभिन्न कार्यक्रमहरू गर्ने सिलसिलामासबर्ष फेरि पनि यही डीसेम्वर ५ , २०२१ मा “नारायण गोपाल साॅगीतिक सॅाझ बीशेष कार्यक्रमको आयोजना गरीभव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ।

स्वर्गीय नारायण गोपाल को ३१ औ यस पुण्यतिथि , अति श्रध्दासुमनका साथ सहभागी विभिन्न गायकहरूले नारायण गोपालले गाउनु भएको दर्जनौ गीतहरू उत्साहका साथ लगातार करिव चार घन्टा सम्म गाइ भव्यताका साथ मनाईएको थियो।

उक्त कार्यक्रममा सानी बालिका समेतले पनि अति उत्साहपूर्ण नेपाली गीत गाई, कार्यक्रमको शोभा बढाउनुको साथै दोस्रो पुस्ताको सहभागिता जनाएकी थिइन्।

कार्यक्रमको थालनी , स्वर सम्राट नारायण गोपालको तस्बिरमा माल्यार्पण पछि, स्व. रत्नशमशेर थापाद्वारा रचित स्वरसम्राट नारायण गोपालबाट गाइएको गित “म मरे पनि मेरो देश बाँची रहोस….” भन्ने गीत सामुहिक रुपमा सम्पूर्ण सहभागीहरुले गाएर सुरुवात गरिएको थियो।

कार्यक्रममा च्याप्टरको सल्लाहकार रहनुभएका बलराम पन्थीले नारायण गोपालको संक्षिप्त जीवनी र वहाँको ब्यक्तित्वको परिचर्चा गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा , अध्यक्ष उर्मिला निर्दोषीले नेपाली भाषा र नेपालीको पहिचान र दोस्रो पुस्तामा यसलाई प्रवासमा हस्तान्तरण गर्ने महत्वको बारेमा प्रकाश पार्दै , अनेसास र च्याप्टरले गर्दै आएका कार्यक्रमहरूको बर्णन गर्नुको साथै र सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन भएको जानकारी दिनु भएको थियो र सहभागीहरुलाई रात्रिभोजमा समावेश हुनको निम्ति विशेष अनुरोध गर्नुभयो।

प्रतिक्रिया