आइतबार, माघ ९ २०७८
काठमाडौं १५:५३
वासिङटन डिसी 05:08

न्याय विभागले ल्याटिनो र अन्य अल्पसंख्यकहरू विरुद्ध भेदभाव नक्साहरु बनाएकोमा टेक्ससलाई एक महिनामा दोश्रो पटक मुद्धा दायर

इनेप्लिज २०७८ मंसिर २० गते २३:०० मा प्रकाशित

अमेरिकी न्याय विभागले ल्याटिनो र अन्य अल्पसंख्यकहरू विरुद्ध भेदभाव नक्साहरु बनाएकोमा एक महिनामा दोश्रो पटक टेक्ससलाई मुद्धा दायर गरेको वाशिंगटन पोस्टले समाचार लेखेको छ ।

न्याय विभागले एक महिनामा दोस्रो पटक टेक्सस राज्यलाई मतदान-सम्बन्धित उठेका विवादास्पद बिषयमा मुद्दा दायर गरेको हो । यस पटक रिपब्लिकन राज्यका सांसदहरूले ल्याटिनो र अन्य अल्पसंख्यकहरू विरुद्ध भेदभाव गरेको आरोप लगाउँदै उनीहरूले नयाँ कंग्रेस र राज्य विधायिका जिल्लाहरू अनुमोदन गरि स्वेत मतदाताहरूको शक्ति वृद्धि गराएका छन् ।

जसको अर्थ आगामी २०२२ मा सिनेटको निर्वाचन र आगामी २०२४ मा राष्ट्रपतिको निर्वाचनमा समेत यसले रिपब्लिकनलाई फाइदा पुग्दछ । उनीहरुले लाभ उठाउने छन र बहुमत उनीहरुको हुनेछ ।

महा न्यायाधिवक्ता मेरिक गारल्याण्डको सोमबारको घोषणाले विभागको रिडिस्ट्रिटिंग (जिल्लाको मतदान इलाका/क्षेत्र हेरफेर )सम्बन्धि यो पहिलो प्रमुख कानुनी कारबाही हो ।

हाल अमेरिकी प्रतिनिधि सभामा डेमोक्रेटहरुको न्यून बहुमत रहेको छ भने रिपब्लिकनले यसरी आफूलाई र उम्मेदवारहरुलाई सरल बनाउन क्षेत्रमा हेरफेर र चलाखी गरेमा २०२२ को मध्यमा सिनेटमा रिपब्लिकनको बहुमत निश्चित हुनेछ । यदि सिनेटमा रिपब्लिकनको बहुमत भएमा राष्ट्रपति जो बाइडेनका कार्यक्रम सफल हुने छैन ।

जबकि सर्वोच्च अदालतले पक्षपातपूर्ण जेरीम्यानडरिंग(क्षेत्रको नक्सा/हेरफेर )मा सीमा तोक्न अस्वीकार गरेको छ ।यो जातीय र अल्पसंख्यकहरूलाई अन्यायपूर्ण रूपमा बेवास्ता गर्ने र नयाँ नक्सा निर्माण गर्ने कार्य अवैध छ भनि वाशिंगटन पोष्टले उल्लेख गरेको छ ।

“टेक्ससले आफ्ना अल्पसंख्यक नागरिकहरूको मतदान अधिकारलाई न्यूनीकरण गर्ने काम गरेको यो पहिलो पटक होइन। पटक पटक र दशकौं पछि टेक्ससले मतदान अधिकार ऐनको उल्लङ्घन गर्ने पुन: जिल्ला परिवर्तन योजनाहरू लागू गरेको छ,” न्याय विभागले टेक्ससको पश्चिमी बिभागको लागि अमेरिकी जिल्ला अदालतमा दायर गरेको मुद्दामा उक्त कुरा उल्लेख गरेको छ ।

जसको परिणाम २०२१ मा कांग्रेस र तल्लो सदनका योजनाहरू लागू गर्दा राज्यले फेरि अल्पसंख्यक टेक्ससहरूको मतदान शक्तिलाई कमजोर पारेको भनि न्याय विभागले जनाएको छ ।

करिव एक महिना अगाडी न्याय विभागले टेक्सस राज्यले मतदानमा नयाँ प्रतिबन्धहरु लगाएको मुद्धा दायर गरेको थियो ।

प्रतिक्रिया