आइतबार, माघ ९ २०७८
काठमाडौं १४:१०
वासिङटन डिसी 03:25

क्यालिफोर्नियामा सानो विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

इनेप्लिज २०७८ मंसिर २० गते १२:२९ मा प्रकाशित

क्यालिफोर्नियामा सानो विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियामा गत शनिबार दुर्घटना भएको एउटा सानो विमानमा सवार सबै चार जनाको मृत्यु भएको टुलारी काउन्टी सेरिफको कार्यालयले जनाएको छ।

पीडितहरुको पहिचान भएको छैन । के कारणले दुर्घटना भयो भन्ने थाहा हुन सकेको छैन भनि एबिसी न्युजले समाचार लेखेको छ ।

साँझ करिब ६:३५ बजे शनिबार, क्यालिफोर्नियाको भिसालियाको भिसालिया विमानस्थल नजिकैको सडक ६८ र मार्ग २८८ को क्षेत्रमा प्रहरी सहायकहरुलाई दुर्घटना पछि त्यहा बोलाईएको अधिकारीहरूले भने।

जब प्रहरीहरु/प्रतिनिधिहरू आइपुगे, उनीहरूले एकल यन्त्र भएको बिचक्राफ्ट बोनान्जा दुर्घटनाग्रस्त भएको भेट्टाए,जसमा सबैको मृत्यु भएको फेला पारेका थिए ।

राष्ट्रिय यातायात सुरक्षा समितिले गत आइतबार उक्त दुर्घटनाको अनुसन्धान गरिरहेको बताएको छ । एबीसी न्यूज क्यालिफोर्नियाको सम्बद्ध केएफएसएनले उडान भरेको केही सेकेन्डमै विमान दुर्घटना भएको जनाएको छ।

प्रतिक्रिया