नेपाल लगायत विश्वका ३५ देशहरुमा ओमिक्रोन भाइरस पुष्टि,जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

इनेप्लिज २०७८ मंसिर २० गते १२:१५ मा प्रकाशित

काठमाडाै । नेपाल लगायत विश्वका ३५ देशहरुमा ओमिक्रोन भाइरस फैला परेको छ । नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सुरक्षित र सजग रहन आग्रह गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ओमिक्रोन परिक्षण गर्दा गए राति कोरोना भाइरसको नयाँ भेरिएन्ट १ नेपालमा पहिलो पटक पुष्टि भएको जनाएको छ ।

हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । हाल उहाहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ । उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको ओमिक्रोन परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको विज्ञप्तिमा जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेद्वारा जारी विज्ञप्ति

प्रतिक्रिया