प्रचण्ड दुई दिनका लागि एकान्तबासमा जाँदै

इनेप्लिज २०७८ मंसिर २० गते १०:५७ मा प्रकाशित

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ।

पार्टीको राष्ट्रिय सम्मेलन,प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ।

‘निवासमा नेता कार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ।अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ।’ अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ।

एकान्तवासमा भए पनि प्रचण्डले प्रदेश सम्मेलन,राष्ट्रिय सम्मलनका लागि अनौपचारिक रुपमा भने कुराकानी र छलफललाई निरन्तरता दिनुहुने भएको छ।

यही मङ्सिर २५ मा माओवादीको प्रदेश सम्मेलन हुँदैछ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलनको तयारी गरिएको छ।

एकान्तबास प्रचण्ड

प्रतिक्रिया