आइतबार, माघ ९ २०७८
काठमाडौं १४:४०
वासिङटन डिसी 03:55

नासा र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्ट अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ मंसिर २० गते ३:०४ मा प्रकाशित

आदरणीय नासा/ आन्माका सम्पूर्ण सदस्यज्युहरू नमस्कार,

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका ( NASeA ),नासा र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्ट अमेरिका ( ANMA ) आन्माको १६ औंसंयूक्त सम्मेलन नोवेम्बेर २१ तारीख़,२०२१ मा फ़्लोरिडा राज्यको सुन्दर पर्यटकिय शहरओर्ल्याण्डोमा Nepalese Association of Florida ( NAF ), INLS Florida Chapter,Nepali Community Center Orlando ( NCCO ),Newah Organization of America ( NOA ) Florida Chapter,Madhesi Association in America ( MAA) Fl chapter,Little Buddha Lions Club Orlando and NRNA NCC FL Chapter को संयुक्त आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ।

२० तारिख शनिबार साझ “Meet and Greet” कर्यक्रमबाट सुरुभएको सम्मेलन आइतबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएकोथियो।नेपाली दुताबासका कार्यबाहक राजदुत कुमार राज खरेल प्रमुख अतिथि रहनु भएको दुवै दिनको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

२१ तारिख बिहान ६ बजे योगा कार्यक्रमबाट सुरु भइ ८ बजेबाट आगन्तुकहरुको रजिस्ट्रेसन गर्दै नेपाली युबा बिद्यार्थीहरुको कार्यक्रम संगै सम्मेलनको थिम “Facing The Future Together” मा नेपाल फोरम नासाका पूर्वअध्यक्ष बिमल नेपाल ले संचालन गर्नु भएको थियोसो कार्यक्रम लगत्तै अन्तराष्ट्रिय साहित्य समाज फ्लोरिडाको संचालनमा प्रतियोगितात्मक कविता प्रतियोगिता भएको थियो कार्यक्रमको संचालन च्याप्टरकाअध्यक्ष दीप कार्कीले संचालन गर्नु भएको थियो। NAF का अध्यक्ष निरज श्रेष्ठ एबम NRN Florida का अध्यक्ष बिकाश देवकोटाको संयोजनमा खुल्ला रक्तदान कार्यक्रम भएको थियो।दिवा खानालगत्तै सुरु भएको सम्मेलनको उद्घाटन सत्र नासाका अध्यक्ष बिनय अर्यालको सभापतित्वमा र कार्यबाहक राजदुत कुमार राज खरेल को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सम्मेलन संयोजक कृष्ण श्रेष्ठले उपस्थित सबैलाइ स्वागत गर्नु भएको थियो।NCCO का अध्यक्ष निजानन्द मल्लले संचालन गर्नु भएको उद्घाटन सत्रमा NRN FLका अध्यक्ष बिकाश देवकोटा,NAF का अध्यक्ष निरज श्रेष्ठ,सोचका अनुभब गिरि,एएनएस का पूर्व अध्यक्ष बिष्णु कुमारी थापा,NSCII का अध्यक्ष सीता पाण्डे,रक्की माउन्टेन का अध्यक्ष टिका पौडेल,बिडीए का पूर्व अध्यक्ष डा नन्द रेग्मी,डा चिरन्जिबी भट्टराई,निर्बाचन आयुक्त राम कृष्ण वाग्ले,NAF का पूर्व अध्यक्ष तिर्थ माली,अनेसास बिओटीका उपाध्यक्ष पदम बिश्वकर्मा,स्टारका अध्यक्ष डा उत्तम गौली,नासाका पूर्व अध्यक्ष बिमल नेपाल,डा राम चन्द्र बराल,राजा घले आन्माका पूर्व अध्यक्ष एबम एन आर एन अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई लगाएतले सम्मेलनको सफलताको सुभकामना दिनु भएको थियो।अमेरिकी समाजका विभिन्न १३ जना व्यक्तित्वहरुलाई कोरोना कालमा उत्कृस्ट सेवा गरेबापत नासाको तर्फबाट सम्मान गरिएको थियो।सम्मानित हुनेहरुमा डा.सन्जीब सापकोटा GA ,डा रामु खरेल,GA डा कुबेर घिमिरे,NC,डा लक्ष्मण पोखरेल,NC ,डा मनोज भट्टराई,FL डा प्रगति घिमिरे,FL डा बिष्णुमाया परियार ,NJ ,डा नन्द रेग्मी,TX ,डेलिगेट हयारी भण्डारी,MD,मंजु संग्रुला VAअमृत लामा,NH,माधवी शाह,इनेप्लिज डटकम रहेका थिए।उद्घाटन सत्र पछि माधव मैनालीको संयोजकत्वमा नासाको साधारण सभा सम्पन्न भएको थियो।ओर्ल्याण्डो निबासीआरति राई,अनिता थापा तथा देव राई को संयोजनमा स्थानीय बालबालिका तथा कलाकारहरुको प्रस्तुति सहितको सास्कृतिक कार्यक्रम संगम बानियाले संचालन गर्नु भएको थियो भने संयोजक मनोज राई रहनु भएको थियो।कार्यक्रमको अन्त्यमा विभिन्न कलाकारहरुको प्रस्तुति सहित भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेरको उत्कृस्ट सांगीतिक प्रस्तुति रहेको थियो।सम्मेलनमा स्वादिस्ट खाना खुवाउने फूड सयोजक नारायण न्यौपाने र सुर्य बानिया लाइ बिशेष धन्यवाद दिन चाहन्छौ।डेलिगेट ह्यारी भण्डारी एबम नासाका पूर्व अध्यक्ष लगायत विभिन्न संघ सस्थाका प्रमुखहरुले सम्मेलनको सफलताको कामना गर्दै शुभकामना पठाउनु भएको थियो उहाहरु सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ।

यसरी विविध कार्यक्रम सहित सम्पन्न १६औ सम्मेलनमा प्रमुख अतिथि,अतिथि लगएत सम्पूर्ण उपस्थित महानुभाबहरु,स्पोन्सरहरु, स्वयमसेविहरु,कलाकारहरु, पत्रकारहरु, स्थानीय आयोजक सस्थाका अध्यक्ष एबम सम्पूर्ण कार्यसमिति परिवार लगाएत सुभेच्छुक सम्पूर्ण महानुभावहरु नासा/ आन्मा का सम्पूर्ण शुभचिन्तक ज्युहरु प्रति बिशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौ।

विनय अर्याल-निवर्तवान अध्यक्ष नासा

कृष्ण श्रेष्ठ-संयोजक/नव निर्वाचित अध्यक्ष नासा

डा. दिवाकर दाहाल-अध्यक्ष आन्मा

 

 

प्रतिक्रिया