आइतबार, माघ ९ २०७८
काठमाडौं १५:१०
वासिङटन डिसी 04:25

न्यूजर्सीमा गाडीको ठक्करबाट नेपालीको मृत्यु

विजय थापा २०७८ मंसिर २० गते ०:०८ मा प्रकाशित

अमेरिकाको न्यूजर्सी राज्यमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । डिसेम्बर ५ आइतबारका दिन बिहान ६:४० दुर्घटना हुँदा न्यूयोर्क निवासी तर न्युजर्सीमा काम गर्ने आङकामी शेर्पाको निधन भएको छ ।

स्व शेर्पाका जेठो ज्वाई जाङ्गबु शेर्पाका अनुसार न्यूजर्सी स्थित एक इन्धन चौकी(ग्यास स्टेसन )मा कार्यरत उनि ७ बजे देखि सुरु हुने ड्युटी(कर्तब्य)मा पुग्ने क्रममा उनलाई बाटो काट्ने हुँदा गाडीले हानेको हो ।

अमेरिकाका लागि अवैतनिक महाबाणिज्य दूत एसी शेर्पाले पनि आफ्नो सामाजिक संजाल मार्फत असमायिक निधन भएको खबरले दुखित बनाएको लेखेका छन् । उनले दु:खद् घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त सम्पुर्ण परिवारजनमा गहिरो समवेदना प्रकट समेत गरेका छन् ।

नेपालमा सोलुखुम्बु स्थायी घर भएका आङकामी नेपाली कांग्रेसको तर्फबाट सोलुखोम्बुको तत्कालिन टाप्टिङको गाविसका पुर्व अध्यक्ष पनि हुन् । उनको स्थायी बसाई न्युयोर्क रहेता पनि काम गर्ने स्थानमै संचालकले बसाईको प्रवन्ध गरेको हुनाले स्व शेर्पा न्यु जर्सीमै कामका दिनमा बसोबास गर्ने उनका जेठा ज्वाई जंगबु शेर्पाले ईनेप्लिजलाई बताए ।

जेठा ज्वाई उनका छोरालाई समेत लिएर दुर्घटना भएको स्थानमा पुगी सकेका छन् । उनको घटनास्थल मै निधन भएको र हाल शव अनुसन्धानको लागि शव परीक्षण केन्द्रमा राखिएको उनले बताए ।

दुर्घटना न्युजर्सीको सदक १ (रुट वान)मा उत्तर तर्फ भएको थियो भने दुर्घटनामा परेका चालक अहिले अस्पतालमा रहेका छन् । ज्वाई शेर्पाका अनुसार चालक बेहोस(कोमा)मा गएको बताए ।

दुर्घटना हुँदा गाडीको सुरक्षित झोला(एयर ब्याग)समेत फुटेको छ । आङकामी बिगत एक दशक भन्दा ज्यादा समय देखि परिवार सहित अमेरिका बस्दै आएका थिए । उनको सामाजिक संजालका अनुसार उनले श्री जन जागृति माध्यमिक बिद्यालय सोलुखुम्बु सल्लेरीमा अध्ययन गरेका थिए ।

प्रतिक्रिया