आइतबार, माघ ९ २०७८
काठमाडौं १५:२१
वासिङटन डिसी 04:36

म्यानमारमा सेनाको गाडीले प्रदर्शनकारीलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु

इनेप्लिज २०७८ मंसिर १९ गते २१:१० मा प्रकाशित

म्यानमारमा सेनाको गाडीले प्रदर्शनकारीलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । म्यानमारमा डिसेम्बर ५ आइतवार बिहान सैनिकको गाडीले ठक्कर दिँदा पाँच जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ।

देशको राजधानी याङ्गुनको किमिइन्डाइङ टाउनसिप(उप नगर )मा सडकमा जुलुस सुरु भएको केही समयपछि बिहान करिब ९ बजे गाडीले सहभागीहरूलाई हानेको थियो, म्यानमार नाउ, प्रतिबन्धित समाचार संस्थाले जनाएको छ।

विरुद्धको र्‍यालीमा करिब २० जना सहभागी थिए र कम्तिमा १५ जनालाई हिरासतमा लिइयो। गाडीले ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीले गोली हानेर अर्का १ जनाको मृत्यु भएको छ ।

गत फेब्रुअरी १ मा सत्ता कब्जा गरे देखि हिंसात्मक दमन गरि रहेका छन् । जसमा अहिले सम्म १,३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भनि एबिसी न्यूजले समाचार लेखेको छ ।

जुन्ता नेता वरिष्ठ जनरल मिन आङ ह्लिङले नेसनल लिग फर डेमोक्रेसीका अपदस्थ नेता आङ सान सुकीका ९४ वर्षीय वरिष्ठ संरक्षक टिन ओसँग भेट गरेको सैन्य समाचारको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया