आइतबार, माघ ९ २०७८
काठमाडौं १४:३३
वासिङटन डिसी 03:48

न्यु ओर्लिन्समा नर्वेको पानी जहाजमा चढेका पूर्ण खोप लगाएका १० जना कोरोना सक्रमित

इनेप्लिज २०७८ मंसिर १९ गते १७:४६ मा प्रकाशित

अमेरिकाको न्यु ओर्लिन्समा नर्वेको पानी जहाजमा चढेका पूर्ण खोप लगाएका १० जना कोरोना सक्रमित भएका छन् । उक्त शहरले बिज्ञप्ति जारी गर्दै संक्रमित हुने सबैले पूर्ण खोप लगाएका थिए भने उनीहरुको लक्षण नदेखिएको बताएको छ ।

“गभर्नर जोन बेल एडवर्ड्स, लुजियाना स्वास्थ्य विभाग, न्यु ओर्लिन्स शहर र न्यू ओर्लिन्सको बन्दरगाह ,रोग नियन्त्रण र रोकथाम केन्द्र(सिडिसी )सँग विद्यमान कोभिड-१९ सम्झौता र प्रतिवेदन (प्रोटोकल)हरू प्रारम्भ गर्न सचेत र नजिकबाट काम गरिरहेका छन् भनि गत शनिबार विज्ञप्तिमा जनाएका छन ।

नोभेम्बर २८ मा नर्वेजियन ब्रेकअवे नामक पानी जहाजले ३,२०० जनालाई लिएर न्यू ओर्लिन्स प्रस्थान गरेको थियो । उक्त जहाज र बेलीज र मेक्सिकोमा रोकिएको थियो । जहाज आइतवार न्यू ओर्लिन्समा फर्किने कार्यक्रम थियो ।

जहाजले एकान्तवास र संघरोधन (क्वारेन्टाइन र आइसोलेसन)का नियम पालना गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ। जहाजबाट ओर्लने सबैको कोभिड-१९ को परीक्षण गरिनेछ।

कोरोना भाइरस संक्रमित देखिएमा जो कोहीले या त व्यक्तिगत गाडीमा घर यात्रा गर्न वा जहाजद्वारा प्रदान गरिएको आवासमा स्वयम निगरानीमा (सेल्फ-आइसोलेसन)बस्नु पर्ने आवश्यक हुनेछ भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया