आइतबार, माघ ९ २०७८
काठमाडौं १४:०६
वासिङटन डिसी 03:21

गुरूङ भाषाको गीत “चु सैं ङल” (यो मन मेरो) बिमोचन हुने

इनेप्लिज २०७८ मंसिर १९ गते १४:४३ मा प्रकाशित

यही दिसेम्वर १२ तारिख आइतबार भर्जिनियाको सुन्दर शहर आसबर्नमा तमु धीं भर्जिनियाको संयोजनमा जस्मिन क्रियसनको प्रस्तुति बिन्ती कुमार गुरूङको “चु सैं ङल”(यो मन मेरो) को विश्वव्यपी रूपमा एक समारोहका बीच बिमोचन हुने कार्यक्रम रहेको छ ।

उक्त कुरा तमु धी भर्जिनियाका अध्यक्ष नन्द कुमार गुरूङले ईनेप्लिजलाई जानकारी गराउनु भयो ।

बिन्ती कुमार गुरूङको शब्द, संगीत र स्वरमा सजिएको यस गीतमा नेपाल आइडलकी ममता गुरूङको सुमधुर स्वर रहेको छ ।

रेकर्डिष्ट/ एरेन्जर/ मिक्सिङ तेजेन्द्र गुरूङ, रेकडिष्ट सुगन्ध श्रेष्ठ, क्यामरामा टेकमान गुरूङ, आशिष गुरूङ, भिजुवल इडिटर/ कलर नेत्र गुरूङ, पब्लिसिटी डिजाइन सविन गायक, प्रडक्सन डिजाइनर राज बहादुर गुरूङ/ विवस गुरूङ, अभिनयमा उर्मिला गुरूङ/ मनोज गुरूङ रहेको छ भने कोरियोग्राफर/निर्देशन साजन गुरूङको रहेको छ ।

तमु ल्होछार(पौष १५) तो ल्हो(बाघ वर्ग)को सुखद् आगमनको पूर्व सन्ध्यामा विमोचन हुने भएकोले यस कार्यक्रमलाई निकै महत्व र चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया