पोखरामा चल्यो साइड सिन बस, ६०० मा दिनभरी सबै ठाउँ घुम्न पाइने, यात्रु खुसी भए( भिडियो)

इनेप्लिज २०७८ मंसिर १८ गते २२:४७ मा प्रकाशित

पोखरा।पोखरामा पर्यटनको लागि वनेरा साइड सिन बस चल्न थालेको छ।६०० रुपैयामा दिनभरी पोखराको सबै ठाउँ घुम्न पाइने भएको छ।

लामो समयसम्म कोरोना महामारीले अस्तव्यस्त पारेको पोखराको पर्यटन व्यवसायलाई यस साइड सिन बसले केहि राहत दिने भएको छ।छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ।कोरोना संक्रमण घटेसँगै पर्यटकीय नगरी पोखरा घुम्न नयाँ प्याकेज ल्याइएको हो।

पोखरा बसाइँ छोटो छ तर धेरै ठाउँ घुम्न चाहनेलाई होटलकै पर्यटक बोक्ने गाडी तथा महँगो शुल्क लिने भाडाको ट्याक्सीबाहेक अर्को कुनै उपाय छैन।तर पछिल्लो समय घोषित प्याकेजमा ८ घण्टामा पोखरा उपत्यकाको प्रमुख पर्यटकस्थलमा घुमाउने गरी बस सेवा संचालनमा आएको छ।

उक्त साइड सिन बस हरेक दिन बिहान ८ बजे लेकसाइडको हल्लनचोकबाट सुरु भइ साँझ ५ बजे फिस्टेल गेटमा पर्यटकलाई छोडेर ८ घण्टाको घुमघाम सकिने छ।

पर्यटकलाई सुरुमा हल्लनचोकबाट फिस्टेल गेट हुदै विन्ध्यवासिनी मन्दिर भ्रमण गराएर सराङकोट पुर्‍याइनेछ । त्यसपछि वेगनासताल पुर्‍याएपछि त्यहाँ पर्यटकले अवलोकन गरेपश्चात दिवा खाना खाने छन्।बेगनासपछिको गन्तव्य शान्ति स्तुपा,शिव मन्दिर, पातले छाँगो, गुप्तेश्वर गुफा, रातो पहिरोस्थित बन्जी जम्प रहनेछ।

अन्त्यमा, फेवाताल सिरान पामे लगेर १ घण्टाको विश्रामपछि हल्लनचोक र फिस्टेल गेटमा पर्यटकलाई छोडेर ८ घण्टाको घुमघाम सकिने उनले बताए।चौबिस सिट क्षमताको २ बसका ठूला झ्यालबाट पर्यटकले वाह्य दृश्यको मजा लिन सक्ने छन्।बस टिकट इसेवाबाट समेत काट्न सकिने छ।

भिडियो :

प्रतिक्रिया